नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा के-सी- निर्वाचित

के-पी-घिमिरे/
नेपालगन्ज, जेष्ठ ,१६-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको ५ अौं जिल्ला अधिवेशनको अाज सम्पन्न भएको चुनावमा टेक बहादुर के-सी- निर्वाचित हुनु भएको छ ।नेपाल स्वास्थ्यकर्मी कर्मी संघ बाँकेको हिजो जिल्ला अधिवेशन भएको थियो । हिजो पदाधिकारी चयन सर्व सम्मतले हुन नसके पछि अाज अध्यक्ष र उपाध्यक्षमा अाज चुनाव भएको हो ।

अन्य पदहरु सर्व सम्मतिबाट टुङ्गिएको थियो । अध्यक्ष पदमा टेक बहादुर के-सी-ले २० मतान्तरले उहाका प्रतिद्वन्द्वी अनिल सेन ठकुरीलाई पराजित गर्नु भएको थियो । उहाँले ६१ मत प्राप्त गर्नु भएको थियो भने टेक बहादुर सेनले ४१ मत प्राप्त गर्नु भएको थियो । त्यसै गरी उपाध्यक्ष पदमा विरजंग शाहले उहाँका प्रतिद्वन्द्वी कमल प्रसाद उपाध्याय लाई १० मतान्तरले पराजित गर्नु भएको थियो ।

उपाध्यक्षमा विरजंग शाहले ५४ मत,कमल प्रसाद उपाध्यायले ४४ मत र विद्यासागर मैनालीले ५ मत प्राप्त गर्नु भएको थियो । १०६ जना सदस्यहरुको मत रहेकोमा १०३ मत खसेको थियो ।

त्यसैगरी सर्व सम्मतिबाट चयन भएका पदाधिकारीहरुमा महिला उपाध्यक्षमा दुर्गा गौतम, उपाध्यक्षमा बिरेन्द्र घले, पबित्रा विष्ट, थिरमान सिंह रोका, सचिवमा लोकेन्द्र चन्द , कोषाध्यक्षमा मोहन देवकोटा , सह सचिवमा साबित्री गौतम, राम बिनय राय, यूवा सचिवमा तेज बहादुर वली, सदस्यहरुमा खुल्ला तर्फ डा- पंकज कुमार गुप्ता , राजेश कुमार गुप्ता , नलिना पाण्डे , चन्द्र बहादुर पाण्डे , समावेशी सदस्यहरुमा विजय कुमार त्रिपाठी , पुजा उपाध्याय , शितला खड्का , याम कुमार थारु, झसिन्द्रा खत्री, विजय वि-सी- निर्वाचित हुनुभएको छ ।

निर्वाचन मण्डलमा वेदेश्वर गौतम, सन्जु कुमार पन्त र बहादुर शाह बस्नु भएको थियो ।हिजो भएको अधिबेशनबाट स्वास्थ्यकर्मी संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिहरु छनोट सर्व सम्मतबाट गरिएको कुरा केन्द्रीय प्रतिनिधि कुमार अधिकारीले बताउनु भएको थियो ।