आमालाई सुधार्ने भन्दै छोराले बाँधेर कुट्दा मृत्यु

चितवन,भदौ,१५-

भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्षीय आशिष दरैले बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । अाजकाे राजधानीमा खबर छ ।