भेरी अञ्चल अस्पतालका मेसुमा डा.अधिकारी नियुक्त

नेपालगन्ज,अशोज,८-
भेरी अञ्चल अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा सर्जन डा.रुपानन्द अधिकारी नियुक्ति हुनु भएको छ ।उक्त अस्पतालमा करिब ४ महिना पहिला अर्थोपेडिक सर्जन डा- प्रकाश थापालाई सरकारले नियुक्ति गरेको थियो ।

डा.रुपानन्द अधिकारी ( Dr.Rupananda Adhikari)

छोटो समयमा पनि अस्पताल सुधारका लागि राम्रो काम गरेका डा- थापाको चौतर्फी प्रशंसा गर्ने गरिएको पाईन्छ ।

नव नियुक्त डा- रुपानन्द अधिकारी पनि अञ्चल अस्पतालमा नै बरिस्ठ सर्जनका रुपमा कार्यरत हुनुहुन्छ। अब उहाले पनि अस्पताल सुधारमा उल्लेखनीय काम गर्न सफल हुनु हुनेछ भन्ने हेर्न बाकी छ ।