कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सुदूर पश्चिम सम्पर्क समाज गठन

नेपालगन्ज,पौष,२०-

बाँकेको नेपालगन्जमा रहेको कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेज नेपालगन्जमा सुदूर पश्चिम सम्पर्क समाज आज एक कार्यक्रमका बिच गठन गरिएको छ ।

उच्च शिक्षा अध्ययन गर्न सुदूर पश्चिम क्षेत्रबाट बाँकेको नेपालगन्जमा आउने हरुको हकहितका लागि उक्त समाज गठन गरिएको नव निर्वाचित अध्यक्ष बिष्टले बताउनुभयो । आज कलेजमा एक कार्यक्रम गरेर उक्त समाज गठन गरिएको थियोे ।

जसको अध्यक्षमा शैलेन्द्र बिष्ट , उपाध्यक्षमा मदन बहादुर शाही, सचिवमा हरिश प्रसाद पन्त, सहसचिवमा पुस्कल कुवर , कोषाध्यक्षमा बेविना जोशी ,सदस्यहरुमा क्रमश निर्मल कुवर, मुकेश सुनार, तेज बहादुर एेडी, संजिव बम, सल्लाहकार संयोजकमा महादेव जोशी,सल्लाहकार सदस्यमा दिनेश चलाउने गरि ११ सदस्यीय समिति गठन गरिएको सुदूर पश्चिम समाज गठन गर्नमा सहयोग गर्ने लोकेश शाहीले बताउनुभयो ।