सरकारसंग नेपालको नक्सा सार्वजनिक गर्न काँग्रेस नेता विश्वप्रकाशको माग

सरकारले नक्सा सार्वजनिक गर्न नसके प्रतिपक्षीलाई जिम्मा दिन आग्रह

कास्की,मंसिर,९-

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्नु भएको छ ।नेपाल प्रेस यूनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले तीन दिनभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा सार्वजनिक गर्न नसक्ने हो भने प्रतिपक्षीलाई त्यसको जिम्मा दिन आग्रह गर्नुभयो ।

प्रवक्ता शर्माले शनिबार पोखरामा पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले नक्सा सार्वजनिक गरेको अभिव्यक्ति आशंका मात्रै रहेको भनि सभापति देउवाको बचाउ समेत गर्नुभयो ।

सरकार र नेकपाका नेताले देउवालाई जवाफ दिनुभन्दा भारतसँग छिटो वार्ता गर्न उहाँको सुझाव थियो ।प्रवक्ता शर्माले भारतीय प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिन सक्ने प्रधानमन्त्रीले सिमा मिचिँदा नेपाली भाषामा मात्रै लेखिएको विज्ञप्तीले आशंका जन्माएको बताउनुभयो ।