काठमाडौं,चैत,१५-प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास जानुभएको थियो ।
सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार त्यस क्रममा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनका विषयमा छलफल भएको थियो ।
उहाँहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो ।प्रतिनिधिसभा पुनर्स्थापित भए पछि प्रधानमन्त्री र सभामुखबीच छलफल नै भएको थिएन । जसका कारण सरकारले संसदले बिजनेस नदिँदा पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बसेर पनि बिना काम सकिने गरेको थियो ।