काठमाडौ,बैशाख,१२-बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका सेवा बन्द भएका छन् ।अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका हुन् ।
कर्मचारीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।अस्पताल प्रशासनले सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ ।
बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन् ।यस्तै जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि लकडाउन गरिएको छ ।