काठमाण्डौं,बैशाख,२२-लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ ।
डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ ।
यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको थियो ।
उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।डाँगीको राजीनामासँगै लुम्बिनीमा एमालेको सांसद संख्या ३८ मा झरेको छ ।