कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ:विवेकशील साझा पार्टी

फाईल तस्विर !!
काठमाण्डौं,असार,३-सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा  कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
 
सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ। 
 
बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल गर्दछौँ।
 
यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी छ ।
 
पूर्ण क्षति व्यहोरेका कतिपय नव-उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौँ।