एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं,माघ,१३-बिहीवार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुन शुक्रवार (आज) तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार यसको मूल्य तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको थियो । 

बिहीवार सुनको मूल्य सर्वाधिक तोकिएपछि ग्राहक आहत भएका थिए । तर, शुक्रवार सुनको मूल्य घट्दा ग्राहकले राहतको श्वास फेरेका छन् । 

सुनको भाउ घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ कायम छ । हिजो पनि सोही मूल्यमै चाँदीको कारोबार गरिएको थियो । 

यस्तै, डलरको भाउ भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज १ अमेरिकी डलरको विक्रीदर १३० दशमलव ८५ रुपैयाँ छ । हिजो पनि सोही मूल्यमा अमेरिकी डलर विक्री भएको थियो ।