काठमाडौं,फाल्गुन,१९-निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६ यता पहिलो पल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो ।
नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । हेमन्त धामीले र सुवास भण्डारीले २÷२ विकेट लिए ।
यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए।यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो।कप्तान देव खनालको अर्धशतकमा नेपालले १ सय ९१ रन बनाउन सफल भयो । यूएईका ध्रुव परासरले ३ विकेट लिए ।