नेपाली क्रिकेटर दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

फाईल तस्विरमा: नेपाली राष्ट्रीय क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाडौं,असोज,१६-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व वरियतामा ४ स्थान सुधार गर्दै अलराउण्डर तर्फ दोस्रो स्थानमा उक्लेका छन्।

दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन्।यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए।

दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ।अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन्।

ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन्।टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ।