नेपाललाई विरामीमुक्त देश बनाउने प्रधानमन्त्री ओलीको उद्घोष

काठमाडौं,कार्तिक,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विरामीमुक्त देश बनाउने उद्घोष गर्नुभएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब बिरामीमुक्त देश बनाउनका लागि मानिसहरू विरामी नै नहुने गरि काम गर्न निर्देशन दिनुभयो।

अस्पतालमा आउने विरामीलाई चिकित्सकले राम्रो बोलेर उपचार गरे २५ प्रतिशत व्यथा आफैं निको हुने भन्दै उहाँले विरामीमुक्त देश बनाउन चिकित्सकले मात्र नसक्ने भएकाले नागरिकले पनि आ-आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्नुभयो।

स्वास्थ्य र शिक्षामा आमुल परिवर्तन गरिने भन्दै उहाँले प्रत्येक नगरिकसम्म शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउने पनि बताउनुभयो।चिकित्सकहरुलाइ देशका विभिन्न स्थानमा गएर बिरामीको सेवा गर्न आग्रह गर्दै नेपाली चिकित्सकको शिर झुक्ने गरि काम नगर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानमा गत आश्विन-९ सम्म उतिर्ण भएका एमडी÷एमएस, एमडिएस, एमएस्सी, नर्सिङ, एमपिएच, एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी. एमआटीका ६ सय ५६ जना विद्यार्थी दिक्षित भएका छन् ।ईमेजखबरबाट