टोकियो,पुष,२८-नेपाल मगर संघ जापानको केन्द्रिय समिती र नागोया क्षेत्रीय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम आज आईतबार नागोयामा हुँदै छ।
कार्यक्रममा चर्चीत राष्ट्रीय कलाकार र स्थीनीय कलाकारहरुले प्रस्तुती दिने छन् ।
आजको कार्यक्रममा संगिता थापा मगर, चेतन घर्ती मगर, रितु थापा मगर, पवित्रा सरतुंगे मगर,निशान तामाङ् श्याम शितल, सन्देश बमजन लगायतले प्रस्तुती दिने र केहरसिंह रानाले कार्यक्रमको संचालन गर्ने नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईन लाई जानकारी दिनुभयो।
यस्तै : कार्यक्रममा रेमिट्यान्सको पाटनरको रुपमा जापान रेमिट फाईनान्स रहेको छ।कार्यक्रम नागोया सि नाकाकु स्थित बानजोजी भवनको हलमा अपरान्ह ४ बजे बाट सुरु हुनेछ।(名古屋市中区大須3丁目30-40万松寺ビル 8F)
त्यसैगरी : नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीको संयुक्त आयोजनामा यहि जनवरी १२ मा नागोया,जनवरी १३ मा ओसाका,जनवरी १४ मा फुकुओका, जनवरी १८ मा गुन्मा र जनवरी १९ मा टोकियोमा हुनेछ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको आयोजक समितीले जनाएको छ।