अब चर्च ब्वाई क्लवले सेमिफाईनल खेलमा सोमबार राजा क्लब इटहरी, र एरटिसिएफसि भुटान बिच हुने खेलको विजेता टिम संग खेल्नेछ।नकआउट फर्मेटमा भएको खेलमा चर्च ब्वाइज क्लव संग पराजित भए संगै नेपाल पुलिस क्लव भने बुढासुब्बा गोल्डकपको प्रतियोगिताबाटै बाहिरिएको छ।खेलमा दुवै टिमले गोल गर्ने अवसर प्राप्त गरेपनि गोल हुन सकेन।
आयोजक धरान फुटबल क्लबले रजत जयन्तीकोरुपमा २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजन गरेको हो।
स्मरण रहोस् : २०५५ बाट बुढासुब्बा गोल्डकपको सुरुवात भएको थियो।सहि अवसरमा आयोजक टिमले पहिलो सँस्करण धरानको टिमबाट खेल्ने खेलाडीहरुलाई सम्मान पनि गरेको छ।
यस प्रतियोगीतामा विजय हुने टिमले १० लाख प्राप्त गर्ने छ,भने उपविजेता टिमले ५ लाख प्राप्त गर्नेछ।यस प्रतीयोगितामा भुटान र भारतको दुई टिमगरि जम्मा ८ टिमले सहभागिता जनाएका छन् ।
२ विदेशीसहित ८ टिम सहभागी
प्रतियोगितामा सहभागि हुने टिमहरु चर्चब्वाइज युनाइटेट, एनआरटि क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं, केएफटिसी झापा, राजा क्लब इटहरी, युकेएफसि भारत, एरटिसिएफसि भुटान र आयोजक धरान फुटबल क्लबले सहभागीता जनाएका छन् ।