
ओकिनावा,फाल्गुन,१२-ओकिनावामा भएको दोस्रो नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ।
यहि फेब्रुअरी २३ तारिख हिजो आईतवारका दिन “एकताको महोत्सव, हाम्रो विविधताको उत्सव” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावा (एनआरएनए) को आयोजनामा भएको एक दिने नेपाल फेस्टिवल सम्पन्न भएको हो।

नेपाल फेस्टिवलमा नेपाली संस्कृती झल्किने विभिन्न साँस्कृतीक झाकि, पञ्चेवाजा, सहित फेस्टिवलको सुरुवात गरिएको थियो।

नेपाल फेस्टिवलमा २ हजारको हाराहारीमा नेपाली तथा जापानीजको उपस्थिती रहेको थियो।फेस्टिवलमा टिपिकल नेपाली खाना, रेमिट्यान, लगायत अन्य स्टलहरु पनि रहेको थियो।

फेस्टिवलमा लोक तथा दोहोरी कलाकार सुर्य खड्का, राम आचार्य लगायत जापानीज कलाकार र स्थानीय कलाकारको विजोड प्रस्तुत रहेको थियो।

फेस्टिवलको प्रमुख अतिथीमा एनआरएनए जापानका केन्द्रिय अध्यक्ष नविन न्यूरे रहनु भएको थियो,भने विशिष्ट अतिथीमा गैर आवासिय नेपाली संघ जापानका केन्द्रिय उपाध्यक्ष देव उप्रेतीको रहनु भएको थियो,भने अतिथीहरुमा अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए।

कार्यक्रममको सभापतीत्व भने गैर आवासिय नेपाली संघ क्षेत्रीय समिती ओकिनावाका संयोजक देवेन्द्र खड्का रहनु भएको थियो।
यस्तै : कार्यक्रमको संचालन भने सुवाश गुरुङ, पुजा खड्का, विप्शा खरेल, अनिल कुमार ढकालले संचालन गर्नु भएको थियो।
