काठमाण्डौं,पुस ६-साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ । गायक थापाकी जीवन संगिनी चित्रकला बुढाथापाको लय शब्द रहेको सो गितमा गायक थापाको स्वर रहेको छ भने उहाँ आफैले अभिनय समेत गर्नु भएको छ । गायक थापाले नेपालका नेता बोलको यो गितमा आफूले नेपाली जनताले भोग्नु परेको वास्तविकतालाई गित मार्फत छर्लगं पार्न खोजेको भन्दै यो गितले धेरै दर्शक एवं स्रोताहरुको मन जित्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो आफ्नो जीवन लोक संगितमा नै व्यतित गर्ने भन्दै आगामी दिनहरुमा पनि अझै उत्कृष्ट किसिमका गितहरु बजारमा ल्याउन आफू संघर्षरत रहेको बताउनुभयो । गायक थापाले छोटो समयमा नै धेरै दर्शक एवं शुभेच्छुकहरुबाट निकै माया पाएको भन्दै यसले आफूलाई साँगितिक यात्रामा थप हौसला दिएको भन्दै खुशी समेत व्यक्त गर्नुभएको छ । उहाँले यसअघि क्या राम्रो रैछ नी साँफेबगर बाट साँगितिक यात्राको शुरुवात गर्नु भएका गायक थापाले त्यसपछि बर पिपल छाँयाले म त भेट्न टीकापुर आइ पुगे तिम्रै मायाले, यस्तै धेरै भए फटाहा जाली देश बिगार्ने कुरामा कसैले नबजाउ है ताली लगायतका लोकप्रिय गितहरु बजारमा ल्याइ सक्नु भएको छ ।
जुन गितहरुले बजारमा समेत निकै चर्चा परिचर्चा पाएका छन् । सुन्दर पश्चिमको अछाम जिल्ला वरदादेवी गाविस वडा नम्बर ५ बेल्पाटामा जन्मिएका थापा हाल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा एम. ए. दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । खप्तड साँस्कृतिक परिवार टीकापुरका पूर्व उपाध्यक्ष समेत रहनु भएका थापा विभिन्न साँस्कृतिक समूहरुमा समेत आवद्ध रहनु भएको छ । गायक थापाको आगामी साँगितिक यात्रा सफल र सुखद रहोस् हाम्रो हार्दिक मंगलमय शुभकामना ।