बग्दाद, चैत ८ – इराकमा गराइएको कार बम बिस्फोटमा २३ जना मारिएका छन् । राजधानी बग्दादमा शिया समुदायको बाहुल्यता रहेको बजारमा गराइएको बिस्फोटमा अन्य दर्जनौं घाइते भएका छन् ।
इराकको मोसुल शहर अतिवादी समूह आईएसबाट कब्जा मुक्त गर्न इराकी सेना सक्रिय रहेकै बेला आतंकवादी आक्रमण तीब्र हुन थालेको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन ।इराकमा पछिल्ला समयको आतंकवादी आक्रमणपछि १ लाख ८० हजार जनता पलायन भइसकेका छन् । साभार ईमेजखबरबाट