क्रान्तिकारीले पद्मोदयमा बुझायो माग पत्र

जंग रेउले,
घोराही, चैत्र,८-  दाङमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थीले पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयमा माग पत्र बुझाएको छ । क्रान्तिकारीले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई उदृत गर्दै विद्यालयका प्रिन्सीपल डा. कृष्णराज डिसीलाई  ६ बुदे मात्र पत्र बुझाएको हो ।

माध्यामिक तहको अध्ययन तथा अध्यापन एउटै समयमा गराउनु पर्ने नितिलाई तत्काल लागु गर्नुपर्ने, अभिभावक भेलाको दुईतिहाई मतले शुल्क निर्धारण गर्नुपर्ने, भ्रष्ट मनोवृतिका साथ विभिन्न शिर्षक उपशिर्षक उप्जाई वितरण गरिने भत्ता खारेज गर्ने, अनावश्यकरुपमा विभिन्न बहना बनाई कर्मचारीको नाममा भर्ति गरिएका केही शैक्षिक दलाल तथा माफियाहरुका परिवारहरुलाई

छानविविन गरी तत्काल हटाउन, विद्यालय सहयोगका लागि विद्यालको पठन पाठन नै बन्दगर महायज्ञ लगाएर उठेको रकम  लामो समय वित्दा पनि आमजनसमुदाय र विव्यसलाई कुनै जानकारी नगराएकाले तत्काल सार्वजनिक गर उक्त रकम विद्यालयको मातहतमा ल्याउनु पर्ने तथा विगतमा भएका सबै प्रकारका सहमति अक्षर–अक्षर विनासर्त कार्यन्वयन गर्ने माग रहेको छ ।

 उक्त विषयमा उल्लेखित मागहरु नयाँ शैक्षिक वर्ष अगावै कार्यन्वयन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ । फलस्वरुप त्यसको परिणाम स्वयम  सम्बन्धित पक्षले नै लिनु पर्ने अखिल क्रान्तिकारी प.प.न.मा.वि. विज्ञान संकायका इकाई अध्यक्षगोपाल रोका र व्यवस्थापन संकायका इकाई अध्यक्ष प्रविण शर्माको हस्ताक्षेरित माग पत्रमा उल्लेख गरिएको छ ।