बिहानी अनलाईन संवाददाता
काठमाण्डौं,बैशाख १२–
बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ ।
उहाँ आज थाईल्यान्डको बैङ्कक हुँदै जापान तर्फ लाग्नु भएको हो । उहाँ बैशाख १३ गते बिहान ८ बजे जापान पुग्ने कार्यतालीका रहेको छ । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विदाई गर्न पुगेका आफ्ना सहकर्मी र सम्वाददाता संग संक्षिप्त कुराकानी गर्दै बिहानी अनलाईनका सिईओले आफ्ना सम्वाददाताहरुलाई देशमा भईरहेका भएरहित घट्नालाई सत्य तथ्य सहितको सु समाचार लेखि जनतामाझ पुर्याउन निर्देशन दिनुभएको छ ।
उहाँले बिहानी अनलाईन सरकारी नियम कानुनको अक्षरश पालना गर्दै अगाडि बढिरहेको छ भन्नुभयो, अब सरकारी निकायमा गर्नु पर्ने अनलाईन दर्ता प्रक्रिया सबै पुरा भएकोले आफूहरु नियम कानुनमा बलियो भईसकेको भन्दै पत्रकारको आचार संहितामा रहि खुलेर काम गर्न आग्रह गर्नु भएको छ ।
यसैविच बिहानी अनलाईनका सिईओ एका एक विदेश पलायमान हुँदा सबैमा कौतुहल्ता जागेको छ । संञ्चारमाध्यममा केहि स्थान ओगट्न सफल हुदाँ हुदै पनि के कारणले विदेश पलायन भएका होलान् भन्ने धेरैले अशंका गरिरहेका छन् । बुझ्ने कोशिस गरिरहेका छन् । उहाँ करिब पन आधा दशक संञ्चारमाध्यम मार्फत लाखौं श्रोताको सामिप्यमा रहेर काम गरिरहनु भएको थियो । हुुनत मान्छे यताको उता उताको यता भईरहन्छन् ।
तर हामी जहाँ रहेपनि हाम्रो देश जहाँको त्यहि रहन्छ । यसर्थमा हामी सबै बिहानी अनलाईन परिवारले उहाँ जापान प्रस्थान गर्दै गर्दा के कारणले विदेश पलायन हुदैहुनुहुन्छ, भन्ने जिज्ञासालाई मेटाउन हामीले उहाँको जन्म देखि अहिले चलीरहेको वर्तमान अवस्था सम्मलाई मध्यनजर गर्दै उहाँले नेपालमा गरेका मेहेनत र कोशिसलाई आजको अन्र्तवार्ता मार्फत (१०१) एक सय एक प्रश्न गर्दै हामीले जस्ताको त्यस्तै बुझ्ने प्रयाश गरेका छौं । अब प्रस्तुत छ,उहाँ संग गरिएको यो कुराकानी ।।
१ तपाईलाई बिहानी अनलाईनको तर्फबाट बधाईको शुभकामना संगै हार्दिक स्वागत छ ।
सर्वप्रथम बिहानी अनलाईन परिवारलाई धन्यवाद दिदै सम्झन चाहान्छु । किनकी मलाई यस्तो अवसर जुटाई आफ्ना कुराहरु भन्ने अवसर जुटाउनु भएकोमा विशेष धन्यवाद छ ।
२ के कारणले विश्वकै महङ्गो देश जापान प्रवेश गर्दै हुनुहुन्छ ।
मेरो बाल्यकाल देखीको लक्ष्य र उद्देश्यहरु छन् । तीनै लक्ष्य र उद्देश्यहरुलाई पुरा गर्नको लागि र आफ्नो उच्च शिक्षालाई निरन्तरता दिदै केहि सिप सिक्नको लागि म जापान प्रवेश गर्दैछु ।
३ .अरु पनि थुप्रै देशहरु छन्,लक्ष्य हासिल गर्नकै लागि चाँहि किन जापानलाई नै प्रथामिकता दिनु भएको हो ।
म के भन्न चाहान्छु भने हो, तपाईले भने जस्तै वास्तवमा अरु पनि थुप्रै देशहरु छन् । तर पनि मैलै जापानलाई नै रोज्नुको कारण के हो भने संसारका अरु देशहरु भन्दा जापान फरक र पृथक छ जस्तो मलाई लाग्छ,मैले सुनेको जापान एउटा शान्तीपुर्ण र ईमान्दारिता र मेहेनतीको देश पनि होे ।
किनकी त्यहाँका मानिस कहिल्यै हिँसा गर्न चाहादैनन् र उनीहरु एकदमै मेहेनती तिनीहरुको रितिरिवाज, चालचलन,सरकारी नितीहरु एकदम स्थिर छ, त्यसमा पनि शिक्षामा एकदमै राम्रो देश हो जापान मैले बुझेको, त्यसैले हामीले जापान बाट पाठ सिक्न जरुरी छ । त्यो भएको कारणले मैलै यस्ता विकसित देशमा गएर यदि शिक्षा हासिल गरभने आफ्नो देशमा फर्केपछि केहि गर्न टेवा पुग्ने देखेकोले मैले जापाननै रोजेको हुँ ।
४ अब जापान जादै हुनुहुन्छ, तपाई त एउटा सफल संञ्चारकर्मी पनि हो । जापान जादै गर्दा आफ्नो यसरी परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नुभाको छ ।
कोहि कसैले पैसा कमाउनको लागि हो भनेर आफुलाई गलत ढंगबाट प्रस्तुत गर्दछन् । त्यसैले गर्व गर्ने ठाउँ मलाई लाग्छ अझै सुरक्षित बनेको छैन । म स्वतन्त्र नेपाली हुँ,मैले आफ्नो लागि मात्र नभई यो देशको लागि केहि गर्नु छ । त्यसैले यो कुरामा दृढ संकल्पका साथ लागिरहेको छु,र सधैं लाग्ने पनि छु ।
साथै, म एउटा सामान्य जिविका चलेको परिवार र स्वतन्त्र नेपाली आदिवासी जनजातिको छोरा भएको नाताले पनि मैले यसरी जापान गएर पढ्न पाउने जुन एउटा अवसर मलाई मिलेकोमा आफुलाई भाग्यमानीनै ठान्दछु, खुसीयालीको आभाष पनि भईरहेको महशुस यतीबेला गरेको छु ।
५. कति वर्षको लागि तपाई जापान जार्दै हुनुहुन्छ ?
जब सम्म म आफ्नो उच्च शिक्षा पुरा गर्दैन् त्यनी नै वर्ष म बस्छु होला । जापानीज भाषामा पि एच डि लाई हासामे भनिन्छ, जब सम्म म त्यो हासामे पास गदैन् तब सम्ममा म जापान मै बस्छु ।
६. जापान जस्तो विकसित देशमा नेपालीहरुको भविश्य तपाई कस्तो देख्नुहुन्छ ?
आजकै यहि परिस्थीतीमा हेर्ने हो भने जापनीज भाषा नजान्नेका लागि मैलै त्यती खासै भबिस्य देखेको छैन् । तर, जो पनि जादैहुनुहुन्छ,सबैको सोच र ध्यान भनेको नै पैसा कमाउने रहेको छ । भाषा लाई हल्का रुपमा लिएका छन् ।
यसले गर्दा पनि नेपालीहरुको भविश्यमा कठिनाई आउन सक्छ । यसमा पनि राज्यले प्रतिभाशाली विद्यार्थी छनोट गरि उनीहरुलाई नेपालमै भाषामा दक्ष बनाएर यदि त्यहा केहि कुरा सिकाउन पठाउने हो भने मलाई लाग्छ जती जनाले अनेक प्रकारका कुरा सोचेर जान्छन् ,त्यो मुलत परिवर्तन हुने थियो ।
किनकी अधिकाशं व्यक्तीहरुको सोचमा पैसा कमाउने आफु कसरी बन्ने मात्र छ । तर म त यो भन्छु कि यो सरासरी गलत हो,हामी मात्र बनेर हुदैन हाम्रो देशलाई अगाडी बढाउने जिम्मेवारीको अभिभारा हामी युवाको पनि दायीत्व हो ।
मानी लिउ हामी संग त भोली पैसा होला, तर हामीले बस्ने ठाँउमा आउने जाने बाटोको विकास छैने भने त्यो बेलाको परिस्थिती के हुन्छ,भन्ने भनाई मात्र हो । अनी हामीले देशलाई अगाडी बढाउनको लागि काम गर्ने कि नगर्ने प्रश्न यहाँनिर छ ।
त्यसैलै म त भन्छु जापानमा मात्र जानेले होईन विश्वका जुनसुकै ठाँउमा जाने व्यक्तीले यो सोचिदिनुपर्यो कि म यो देश बाट केहि कुरा सिकेर आफ्नो देश गएर आफ्नो अनुभवलाई देश विकासमा लगाउछु भनेर सोच्नु पर्यो ।
जापान सरकारको भनाई पनि यहि हो, यहाँबाट शिक्षा संगै सिप सिकेर आफ्नो देश बनाउ भन्ने नै जापान सरकारको भनाई हो । ताकि जापान सरकारले यहाँ पैसा कमाउनको लागि आउ भनेर बोलाको चाँहि होईन, तर पनि जती जना जापान जार्दै हुनुहुन्छ, र जाने सोच बनाउदै हुनुहुन्छ, भने भाषा लाई पहिलो प्राथमीकता राख्नुस अनी मात्र वर्तमान र भविष्य सुनिश्चित छ, जस्तो मलाई लाग्छ ।
७. गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जापान जान कतीको सहज छ ।
एकदमै सहज छ, किनकी म पनि त्यही गरिब तथा जेहेन्दार विद्यार्थी मध्यकै एक विद्यार्थी हो, मात्र म मा सोच र काम फरक छ । किनकी म आफूलाई अहिल्यै गरिब ठान्दिन् । मेरो मिसन र भिजन एकदम ठुलो र धनी छ, धनले गरिब भएपनि म मनले एकदमै धनी छु । त्यसैले हरेक पाईला पाईलामा म निणर्य गर्दै हजारौं लक्ष्य र उद्देश्य बोकेर आफु संगै देश परिवर्तन गर्ने सपना बुनीरहेको हुन्छु , र पो आज त्यहि कारणले यो कुरा सम्भव भएको हो । कुनै कुरा गरिब भएर असम्भव हुँदैन, गरिब छु भन्दैमा मनलाई कहिल्यै गरिब बनाउनु हुदैन् । यदि त्यसो गर्नु हुन्छ, भने त्यो नै तपाईको सबैभन्दा ठुलो गल्ती हो ।
८. जापानमा तपाईले अध्ययन गर्ने विषय चाँहि कुन ।
म टेक्नीकल पढ्छु ।
९. टेक्नीकल विषय चाँहि किन ।
किनकी यो मेरो रुचीको विषय पनि हो । संसारमा प्रविधीको विकास द्रुत गतीमा अघी बढीरहेको छ । हरेक क्रियाकलाप प्रविधीबाटै भईरहेको छ । यो युग भनेको प्रविधीको युग हो । त्यसैले समय सापेक्ष चल्न सकेन भने मैले जापान गएर या भनौं अन्य मुलुक गएर अध्ययन गर्नुको कुनै औचीत्य रहदै,भन्न खोजेको के हो, भने मैलै अमेरिका गएर मेजर अंग्रेजी विषय लिएर पढे र मैले त्यही अंङ्ग्रजी पढाउन खोजे भने त्यो माथी शरिरमा कोट तल कट्टु लगाको सरह जस्तो हुन्छ । मैलै अंङग्रेजी पढ्न हुन्न भन्न खोजेको चाँहि होईन ।
भोली अमेरिकाको नागरिक आएर नेपाली विषय पढेर नेपाली विषय पढाउन सक्छ त, प्रश्न यहीनीर छ । त्यसैलै टेक्नीकल विषय भनेको विश्वभरी काम लाग्ने विषय हो । अहिले विश्वभरी छरिएर रहेका देशहरु हरेक काम छिटो छरिटोको लागि प्रविधीको प्रयोगबाट गर्छन् । यसमा नेपाल पनि एक विकाशोन्मुख देश भएकोले प्रविधीबाटै काम गर्न चाहान्छ ,यस्तै नेपाल जस्तै अरु विकाशोन्मुख देश पनि प्रविधीकै पछि दौडिरहेका छन् । यसर्थमा अहिले विश्वमा हेर्नेहो भने ९९ प्रतशित प्रविधीबाट काम भईरहेको छ । त्यसैले गर्दा भोली म टेक्नीकल विषयमा यदि दक्ष भए भने म विश्वका जुनसुकै देशमा मलाई काम गर्ने अवसर मिल्छ, सोही कारणले गर्दा नै मैले टेक्नीकल विषय रोजेको हुँ ।
१०. टेक्नीकल विषय पढेर के गर्ने योजना बनाउनु भाको छ ।
अहिले त पढ्न बाँकि नै छ, शुरुवात नै भाको छैन् ,शुरुवात हुने प्रक्रियामा चाँहि छ ।
११. तै पनि भावी योजना त होला नी ।
योजना त लामो छ, आफु संगै देशलाई पनि प्रविधीमा रुपान्तरण गर्ने ठुलो लक्ष्य छ । देशका हरेक क्रियाकलाप प्रविधीबाट होस् भन्ने मेरो मान्यता हो । हुनत मैले यो विषय अध्ययन गर्दा सम्म देशले प्रविधिको विकाश संगै आफ्नो कामको गती प्रविधीमा कहाँ सम्म पुर्याछ, र त्यस पछि मैले आफुले सिकेको सिप र ज्ञानबाट देशको हितमा हुने केहि काम गर्छु भन्ने योजना चाँहि छ ।
१२ आफूले सिकेका ज्ञान र सिप अरुलाई सिकाउन कतीको उचित ठान्नुहुन्छ ।
उचीत नठान्ने भन्ने कुरै आउदैन मेरो लक्ष्य भनेको नै सबैले अनिवार्य रुपमा अब प्रविधीको ज्ञान र सिपको हासिल गर्नु पर्छ भन्ने हो । भोलीका दिनमा यो कुरा सम्भव भएन भने देशलाई अगाडी बढाउन गारो पर्छ, जब पुर्ण रुपमा देश प्रविधिबाट काम गर्ने हुन्छ,भोली घरै बसेर विल टिर्नु पर्ने भयो भने नजानेकोले कसरी तिर्ने, त्यसैले सबैलाई अनिवार्य रुपमा प्रविधीको ज्ञान हुन आवश्यक छ ।
भोलीका दिनमा म आफै स्वयम टेक्नीकल विषय अध्ययन गरेर सकेपछि नेपालमा जहाँ प्रविधी र संञ्चारमाध्यमको पहुँच नपुगेका ठाउँमा जसरी अहिले बालबालीकाहरु नाङ्गा भुतुङ्गा भएर धुलोमाटोमा लडिबुडि भएर खेलीरहेका छन् । त्यस्ता ठाँउमा निशुल्क रुपमा एउटा अभियान नै चलाएर दक्ष नबनाउँदा सम्म त्यो अभियानलाई निरन्तर जारी राख्ने मैले संकल्प गरेको छु ।
१३.नेपालमा सञ्चारमाध्यमको पहुँच नपुगेका ठाँउमा तपाईले प्रविधीको निशुल्क अभियान चलाउछु पछि भनीरहदा, तपाई त आफै दक्ष संञ्चारकर्मी पनि हुनुहुन्छ, सबै कुराको ज्ञान छ तपाईमा, तर पनि एकाएक संञ्चारमाध्यम छोड्नुको कारण के हो ?
संञ्चारमाध्यम मलाई पनि छोड्ने रहर त कदाबी होईन । म यहि संञ्चारमाध्यमबाटै आफ्नो करिअर बनाउछु भनेर लागेको मान्छे हो । तर बाध्यता बस मैले आज औपचारीक रुपमा नभए पनि अनौचारिक रुपमा मात्र छोडेको हो । तर म जहाँ भएपनि यो संञ्चार माध्यममा चाँहि निरन्तर सक्रिय रहिरहनेछु ।
१४. उसो भए नेपालमै राम्रो रेडियो,टेलभिजन खोलेर बस्ने क्षमता त छ नी तपाईको होईन र ?
क्षमता छ भनेर मात्र मिडिया चलाउन गारो छ, त्यसमा हरेक कुराको आवश्य हुन्छ । मेरो भनाई के हो भने स्थापना भईसकेका मिडियालाई निरन्तरता दिउँ च्याउ उम्रे जस्तै गरि खोलिएका मिडियाको कुनै औचित्य छैन् । किन कि त्यो आज छ, भोली हुँदैन, कहिलेको मिडियाको जटिल समस्या भनेको नै यहि हो , कि कुनै पनि कुरालाई निरन्तरता दिन नसक्नु, जब सम्म कुनै व्यक्तीले एउटा खाना खाने समय सम्मको उ आफ्नो स्वास्थ्यको लागि व्यवस्थापन गर्न सक्दैन भने उसले अरु के कुराको व्यवस्थापन गर्न सक्छ । हरेक कोणबाट हेर्ने हो भने पनि यो त सामान्य नै हो ।
त्यसैले व्यवस्थापन विषय लिएर पढेको मान्छेले म व्यवस्थापन गर्न सक्छु भनेर भन्नु उचित होईन । मिडिया मात्र होईन कुनै अन्य फर्म संघ संस्थामा पनि यो कुरा अपरिहार्य छ । नेपालमा अहिले यहि प्रविधीको हाबी भएको छ । र पो विद्यार्थीहरु विदेश धमाधम पलायन भएका छन् । विद्यार्थी जस्तो जो यो देशका कणदार हुन् ,उनीहरुनै पलायमान भए भने भोली के हुने,जुन अहिले भईरहेको छ । अहिले यो महिनामा मात्र विदेश जाने युवाहरुको तथ्याङ्कमा हेर्ने हो भने जापान लागायत अन्य मुलुकमा ७ हजार बढिको हाराहारीमा विद्यार्थी युवाहरु मात्रै विदेश पलायन हुँदै छन् । यो मेरो आँखाले देखेको यर्थाथ कुरा हो ।
यस कारण कुनै पनि मिडिया देखि लिएर फर्म संघ,संस्था चलाउनको लागि हरेक कुरामा निरन्तरता, लगनशिलता, आत्मविश्वास,तत्परता, अनुशासित,ईमान्दारिता र एक आपसमा राम्रो सम्बन्ध भएको हुन अति आवश्यक छ । मेरो सवालमा रहेर कुरा गर्ने हो भने जुन कुराहरु मैले यसअघि पनि भने त्यो कुरा मैले अरुमा नपाएको ले भोली मैले गर्ने काम पनि त्यस्तै पो हुने हो कि भन्ने कुरालाई यदाकदा आत्मसात गर्दै म त्यो मिसनबाट पछि हटेको मात्र हो ।
१५. नेपाल फर्के पछि फेरी पनि मिडिया मै लाग्नु हुन्छ ?
नेपाल फर्के मात्र होईन म अहिले पनि मिडिया मै आवद्ध छु, म जहाँ भएपनि म मिडिया मै रहिरहनेछु ।
१६. यो कसरी सम्भव भयो ।
मेरो रुची नै मिडिया भएकोले यो सम्भव भाको हो ।
१७. जापानमा यो काम कत्तीको सम्भव देख्नुहुन्छ ?
जापानमा प्रविधीको हिसाबले हेर्ने हो भने नेपाल भन्दा अझ बढी सम्भव देख्छु ।
१८.धेरैले भन्छन् जापानमा त महेनत गर्नु पर्छ,फेरी दुई वर्ष सम्ममा भाषा पढ्नु पर्छ भन्छन्, त्यसपछि मात्र कलेजमा भर्ना हुन पाईन्छ,तर अन्य देशमा चाँहि भिषा लाग्ने वितिकै कलेज भर्ना हुन पाईने भन्दा भन्दै पनि किन कलेजको आफ्नो पढाईलाई यती लामो समय ब्रेक लगाउदै हुनुहुन्छ ।
यो विषयमा वकालत गर्नेको लागि म के भन्न चाहान्छु भने हुनत यो प्रश्न तपाईले मात्र होईन थुप्रै जनाले मलाई गरिसके, तपाईले पनि आज यो बडो राम्रो विषय बस्तु उठाउनुभयो । हुनत सबको सोच फरक हुन्छ तर के गर्ने भन्ने कुराको निणर्य गर्न सक्ने क्षमता त्यती उनीहरुमा पाईदैन् ताकि जसले देश र आफ्नो दिर्घकालीन योजना बनाएका हुँदैनन् । त्यसैले म के भन्न चाहान्छु भने तपाई घर बनाउदा पहिला धुरी बाट बनाउनु हुन्छ, कि जग खनेर बनाउनु हुन्छ, यसलाई यसरी बुझेमा अझ स्पस्ट हुन्छ । अहिलेको परिपेक्ष्यमा नेपालीहरुका लागि देखिएको मुख्य समस्या पनि यहि हो ।
हरेक नेपाली १ वर्ष होईन १ महिनामै पास भईदिएको भए हुन्थ्यो सोच्छन् ।अनि उनहिरुले कसरी सिक्छन् त्यहाँको सरले पढाएका कुरा, नेपालीको कमजोरी यहि हो । जसले गर्दा यहाँको शिक्षा क्षेत्रमा समेत ठुलो असर परेको छ । हिजो अस्ती मलाई एकात जनाले के भने कि यत्रो लगानी लगाएर खत्तम देशमा पो जान लाको रहेछौ, त्यत्रो लगानी लाको भएत वल्ड भिषामा पठाउने मान्छे मज्जाले पाईन्छ रे । तिमीहरुको बुिद्ध छैन समेत भन्न भ्याए र पछि कुरा गर्दै जादाँ उहि मान्छे भन्छ,म पनि जापान जाने हो रे ।
अब यो कुरालाई तपाई कसरी लिनुहुन्छ, के पहिला बुिद्ध छैन् भन्ने मान्छेको को बुिद्ध रछकि जाने मान्छेको बुिद्ध रछ, यसरि मान्छेहरु ईश्र्या गर्न पछि हटेनन् । अझै कतीले भने त्यहा त धेरै मेहेनत गर्नु पर्छ रे अनेकौं प्रकारका कुराहरु सुनाउथे अनि मैले उनहिरुलाई दिने सिधा जवाज एउटै थियो । तपाई जापान बसेर आउनु भाको हो र, यो कुरा थाहा भयो । अनि उनीहरु रातो पिरो हुर्दै जवाफको खण्डन गर्दै नाई सम्म मुख घुमाएर भन्न भ्याउथे यस्तो छ केहि साथीहरुको नियत ।।
१९. सञ्चारकर्मी भएको नाताले जापानमा तपाईको कस्तो भुमीका रहन्छ, त्यहाँको मिडियामा ।
यस विषयमा अहिले नै त्याहाको मिडियामा के गर्न सकिन्छ भन्न चाहि सकिदैनन् तर पनि मेले देखेको र मेरो वरपिरि रहेका नेपाली साथीहरु प्रती सञ्चारकर्मी भएको नाताले म उनीहरुको समस्यालाई जस्ताको तस्तै स्वदेशमा पुर्याउने कोसिस गर्नेछु । समयलाई मध्यनजर गर्दै सम्भव भएसम्म म कुनै एउटा कार्यक्रम उत्पादन गरि हप्ताको एक चोटी बज्ने गरि देशैभरीका रेडियोहरुमा बजाउने कोसिस गर्नेछु ।
२० तपाईको जापान जाने योजना कसरी सम्भव हुन पुग्यो ।
आत्मामनोवलका साथ म जापानको तयारी गरिरहेको थिए । यसमा घर परिवारबाट राम्रो सहयोग मिलेको छ । बुवा मम्मी घर परिवार लगायत आफन्तहरुले खुलेरै सहयोग गर्नु भाको छ । यसमा म अत्यन्तै खुशी छु ।
२१ बुवा मम्मीको चाहाना विदेश पढाउने नै हो कि तपाई आफैको ।
यो चाहाना चाँहि म स्वयम आफैको हो, किनकी म कुनै पनि वाहिरी देशमा गएर पढ्छु भन्ने ठुलो ढोको म मा थियो । मैले यो कुरा कसैलाई पनि भनेको थिएनन्, र भित्रै देखि तयारीमा लागिरहेको थिए । त्यो आज सम्भव भएको छ, सबैले विश्वास गरेका छन् । सबैको नजर यतीबेला म तिर छ, अबका भावि दिनमा के गर्ने हो । कस्तो मान्छे हुने हो भन्ने सबै समाजमा कौउतुहल्ता चाँहि जागेको छ ।
२२.समाज वा भनौ तपाईका साथीहरुबाट अहिले कस्तो प्रतिकृया पाईरहनुभाको छ ।
जती जनाले मलाई चिन्नुहुन्छ, समाजमा रहेका र समाज वरपर रहेका थुप्रै हुनुहुन्छ, उहाँहरुले बधाईको शुभकामना संगै राम्रो संग पढ्नु होला बाबु भन्दै सम्झाउनुहुन्छ, साथीहरुको त कुरै छौडौ फोन उठाउन समेत फुर्सद मिलेको छैन् । धेरैलाई भेट्ने रहर हुँदा हुँदै पनि भेट्न पाको छैन, यसमा म अत्यन्तै दुखी पनि छु । म भन्दा अग्रज सरहरु हुनुहुन्छ,उहाँहरुले पनि एकदम राम्रो प्रतिकृया र सरसल्लाह दिईरहनु भएको छ । तपाईमा भएको सिप र जोश जाँगर लाई हेर्नेहो भने तपाईले भविश्यमा राम्रो गर्न सक्नु हुन्छ भनीरहेका छन् ।
२३ समाजले तपाईबाट के अपेक्षा गरेको हुनसक्छ ।
मलाई लाग्छ म बाट समाजले मात्र होईन यो देशले नै ठुलो अपेक्षा गरेको छ । किनकि म सबै समाज परिवर्तन भएको देख्न चाहान्छु, सबै जनाले केहि कुरा सिक्नु पर्छ, भन्ने मान्यता म मा छ, त्यहि भएको कारणले गर्दा पनि कतीले मेरो बाटोलाई समाई राम्रो गर्दै छन् ,भने कती लाग्दै छन् ,कती विचार गरिरहेका छन्, समग्रहमा भन्नुपर्दा मेरो नजीक र मलाई बुझेकाहरु म बाट केहि सिक्न धेरै आतुर म देखिरहेको छु ।
२४ विदेश रहँदा समाजलाई कस्तो खालको सहयोग गर्ने योजना बनाउनु भएको छ ।
योजना त समाजलाई नै परिवर्तन गर्ने हो । समाज परिवर्तन संगै देश परिवर्तन गर्ने सोच छ । तर मैले सोचेको अनुसार भयो भने म आफ्नो समाजमा शुरुमा डोकोमा बोकेर उपचारका लागि अस्पताल पुर्याउने समस्यालाई मुक्त गर्ने मेरो सपना छ ।
२५ समाज परिवर्तन गर्न कतीको सहज देख्नुहुन्छ ।
समाजका सबै व्यक्ती शिक्षीत भएमा समाज परिवर्तन गर्न धेरै सहज छ । शिक्षीत व्यक्ती भएमा समाज आर्फै परिवर्तनको बाटो तिर लाग्छ ।
२६ समाज सँगै देश विकासका गर्न के गर्नुपर्छ जस्तो लाग्छ ।
देश विकास गर्नको लागि धेरै समय लाग्छ जस्तो मलाई लाग्दैन, किनकि सबै समुदायका मान्छेले आफ्नो गाँउ आफै बनाउ भनेर लागेमा देशको विकासमा परिवर्तन आउछ । गाँउ समाज परिवर्तन हुनु भनेको नै देशमा विकास हुनु हो । अर्को कुरा यहाँको सरकारको निती र राजनीतीक स्थिर पनि हुन आवश्यक छ ।
२७ यतीबेला तपाई जस्ता युवाहरु लामबद्ध रुपमा विदेश पलायन हुदैछन्,तपाई स्वयम भन्नुहुन्थ्यो, विदेश जानु त्यती उचित होईन , तर आज आफु स्वयम विदेश जादैहुनुहुन्छ किन ।
मैले शुरुमा पनि भनेको थिए । म आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि र साथै सिप सिक्नको लागि विदेश जादैछु भनेको थिए । हो तपाईले भने जस्तै म स्वयम आफैले पनि भन्ने गरेको छु सकेसम्म विदेश नजाउ गईहाले भनेपनि यस्तो कामको सिप सिकेर आउ जुन कुरा नेपालमा फर्के पछि प्रयोगमा लगाउन सकियोस् भन्ने भनाई हो ।
२८ उसो भए त्यहाँ सिकेको सिप नेपालको काममा लगाउन कत्तीको सहज छ ।
सहज छ, तर अहिलेको परिस्थतीलाई हेर्ने हो भने जटिल पनि छ, किनकि त्यहाँ गएर जसरी नेपाली दाजुभाईले काम गर्दा सिक्नु भएका सिप अनुसारको यहाँ काम हुँदैन त्यसरी पनि बन्चीत हुँदै गएका छन् । त्यसैले यदि कोहि विदेश जादै हुनुहुन्छ, र यो अन्तर्वाता पढ्दैहुनुहुन्छ,भने विदेशमा गएर यस्तो काम सिकेर आउनुहोस् जुन काम नेपाल फर्के पछि नेपालमा गर्न सकियोस् यदि यसो गरेमा त्यो सिप चाँहि नेपालको काममा लगाउन सम्भव हुन्छ जस्तो मलाई लाग्छ ।
२९ विदेशमा काम गरेर फर्केका नेपालीलाई सरकारले के गरिदिएमा सहज हुन्थ्यो जस्तो लाग्छ तपाईलाई ।
अब मैले यस विषयमा चाँहि देखेको विदेशबाट फर्केका नेपालीहरुका लागि सरकारले उनीहरुले लगानी लगाउन चाँहेमा त्यो किसिमको सुरक्षाको प्रत्याभुती सहित बाताबरण मिलाउन एकदम जरुरी ठान्दछु । अर्को कुरा नेपालमा अहिले देखिएको जटिल समस्या यहाँको सरकारी निती र राजनीतीक स्थिर पनि हुन जरुरी छ जस्तो लाग्छ ।
३० तपाईले भने जस्तै सरकारको निति स्थिर र लगानी मैत्री बातावरण बनेमा विदेशबाट स्वदेश फर्केका नेपालीलाई सहज हुन्छ होला ।
सबै कुराको सहज नभएपनि, सहज चाँहि पक्कै हुन्छ ।
३१ नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स रकम सरकारले कसरी सदुपयोग गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
एकदम राम्रो प्रश्न उठाउनुभयो यो कुरामा मलाई के लाग्छ भने सरकारले हरेक महिना विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स रकमको बारेमा पनि जानकारी गराई दिएको भए हुन्थ्यो जस्तो लाग्छ । सदुपयोगको कुरा चाँहि सरकारले आफ्नो निति अनुसार गर्दा नै राम्रो होला ।
३२ हरेक महिना हजारौंको संख्यामा नेपाली युवाहरु यसरी विदेश पलायन हुँदा देशलाई कस्तो असर पर्ला ।
यसरी हजारौं युवाहरु विदेश पलायमान हुँदा देशलाई असर त पर्छ नै । देशकै मेरुदण्ड मानीने युवा जनशक्ती नै यसरी विदेश पलायन हुँदा विकासका कामले गती लिन सक्दैन, तर अर्को कुरा यसरी युवाको जमात विदेश पलायन हुँदा उनीहरुले नेपालमा पैसा पठाउन्दाको रेमिट्यान्सले त्यसको अप्रत्यक्ष सहयोग सरकारलाई पुगिरहेको हुन्छ, जसले गर्दा राज्य संचालनका लागि टेवा पुगिरहेको हुन्छ ।
३३ तपाई जस्ता युवा जनशक्तीहरु विदेश जाने दाउमा अझै पनि ठुप्रै छन्,उनीहरुलाई तपाई कस्तो सल्लाह सुझाव दिनुुहुन्छ ।
अहिलेको परिस्थीतीलाई हेर्ने हो भने विदेश जाने प्रचलन नै बसि सकेको छ । यसले गर्दा पनि धेरै युवा साथीहरु आफु जाने देश कुन ठाँउ हो,आफुले त्यहाँ गएर गर्ने काम कुन हो, त्यसको हेक्का नराखी दालालको भरमा हावाको तालमा विदेश गए पैसा जसरी नी फल्छ सोचेर जान्छ्न । यहि कारणले खाडि मुलुकमा गएका लाखौं नेपालीहरुले दिन प्रतीदिन दर्दनाक पिडा र ज्यान गुमाएका समाचार हरेक दिन हामीले सुन्नुपर्छ ,यो कती सम्मको दुखद कुरा हो ।
यदि आफू जान लागेको देशको सामान्य पनि जानकारीका साथमा त्यहाँको भाषा अनि त्यहाँको रितिरिवाज, सरकारी निती, सिप सिकेर जाने हो भने अर्थात त्यस ठाँउका मानिस संग कसरी घुलमिल हुन सकिन्छ,भन्ने खालका सामान्य पनि जानकारी लिएर गएमा त्यती दुख भोग्नु पर्दैन थियो होला । अर्को कुरा आफू गएको देशको आफ्नो त्यहाँ रहेको देशको दुतावासको फोन नम्बर हुन अति आवश्यक छ । जुन कुराले आफुलाई आपतकालीन पर्दा ठुलो सहयोग मिल्लनेछ ।
३४ जुनुसुकै देश होस् ,तपाईले नेपाली दुतावासले सहयोग गर्छ भनी रहदाँ नेपाली दुतावसले नै असहयोग गरिरहेको गुनासा आईरहेका छन् नी यसमा के भन्नुहुन्छ ।
मलाई लाग्छ यस्ता कुरामा दुतावासले सहयोग गदैनन होला भन्ने जस्तो त कदापि लाग्दैन, तर कती पय साथीहरु गैरकानुनी रुपमा पनि त गाका हुन्छन् यसकारण पनि अली कती उद्दारको लागि समय लाग्छ, होला । यसमा पनि मैले अघि भने जस्तै विदेश जाने साथीहरुले पनि पहीला सचेतना अपनाउन एकदम जरुरी छ ।
३५ विदेश पुगेपछि कस्ता खालका कुराहरुमा सचेतना अपनाउनु पर्छ ।
कुनै पनि व्यक्ती आफू गएको देशको बारेमा शुरुमा उसले त्यहाँको नियम कानुनको बारेमा बुझ्न एकदम अपरिहार्य छ, किनकि तपाईले त्यहाँ गएर शुरुमा नियम कानुन बुझ्नु भयो भने तपाईलाई भोलीका दिनमा गारो चाँहि हुदैन । त्यस पछि तपाईले त्यहाँको भाषालाई पनि उत्तीकै जान्न जरुरी छ । अनी मात्र तपाई त्यहाँको नागरिक संग घुलमिल हुन सक्नुहुन्छ ।
३६ विदेश गएका युवाहरु यस्ता कुरामा त्यती ध्यान दिएको पाईदैन भन्ने कुराहरु पनि बेला बेला आईरहेको हुन्छ , यसलाई तपाईले कसरी बुझ्नुभाको छ ।
राम्रो प्रश्न गर्नुभयो, प्राय : नेपालीहरु मलाई लाग्छ त्यहाँको भाषा नबुझी त्यहाँको सरकारको निती नबुझी आफ्नो नेपाली पन देखाउद छन् । जसले गर्दा समस्या झलेरहेका हुन्छन् । अर्काको भाषा पनि नजान्ने फेरी नियम कानुनको बारेमा पनि बुझ्ने कोशिस नगर्ने, अनी त्यहाँको नागरिक संग पनि मिल्न नखोज्ने प्रवृद्धिले , नेपाली बहादुर हुन्छन् भन्ने कुरालाई ईङगित गर्न खोज्ने जस्ता कारणले पनि समस्या पैदा भएको हो कि जस्तो मलाई लाग्छ ।
३७ विदेश गएका नेपालीहरुले जान्नै पर्ने दुई कुरा के हो ।
आफु गएको देशको सरकारी निती र त्यहाँको भाषाको बारेमा बुझ्न अहिलेको अति आवश्यक यहि नै हो ।
३८ अब फेरी जापान कै सेरोफेरोमा फर्केर कुराकानी गरौं, जापान जानमा तपाईलाई सबै भन्दा बढी प्रभावित पारेको के कुराले हो ।
मैले सुनेको र मैले बुझे अनुसार त्यहाँका नागरिक एकदमै ईमान्दारिता र मेहेनती र प्रविधीमा एकदमै छिटो अगाडी बढ्न सफल देश त्यसमा पनि पहिला पहिला म सानो छदा मेरो गाँउको बाजेले जापनीज सिको फाईब घडि लगाउनुहुन्थ्यो,अनि उहाँले भन्नुहुन्थ्यो, जापानमा त बच्चाहरुले पनि सानै देखि घडी बनाउछन् गरे भनेर अरु संग कुरा गरेको सुन्थे अनि म त्यो बेला सानै फुच्चे भएपनि मलाई यदा कदा लाग्थ्यो ओहो …. कस्तो देश होला त जापान । अचम्मको कुराहरु मनमा खेलीरहन्थे सानै छदा पनि मनमा, पछि ठुलो भएर जापानको बारेमा बुझ्दै जादाँ अझै राम्रो लाग्दै जान थालेपछि अन्तत मैले जापान रोजे भनम ।
३९ जापानमा कत्तीको संघर्ष गर्ने शुरमा हुनुहुन्छ ?
स्वाश्थ्य र समयलाई मध्यनजर गर्दै हरप्रयास मेहेनत गर्ने शुरमा छु ।
४० जापानमा नेपाली नागरिकहरुले काम गर्न सक्लान यसमा कत्तीको गम्भीरता देख्नुहुन्छ ?
केही समस्याहरु छन् । जसले आंशका जन्माउँछ । उदाहरणका लागि भनौं– निर्धा्रित समयमा आफुअनकुलको काम र यकातीर पढाई हुन्छ, त्यसले गर्दा अली कती समस्या पैदा पो गर्छकि भन्ने हो ।
४१ जापान पुगेका नेपालीहरु कतीले दुख पनि पाईरहेका छन्, भन्ने खबर सुनिन्छ, के यो सत्य हो ।
एकदम सत्य नै हो । दुख त पाईनै रहेका छन् ।
४२ के कारणले दुख भोग्नु परेको होला । केहि बुझ्नुभाको छ ।
धेरै कारण छन् । मैले शुरुमा पनि भनेको थिए भाषा छैन् भने उनीहरुलाई गारो भाको छ, यस्तै कतीपय साथीहरु पैसाकै पछि दौडिरहेका छन्। उनीहरुले नियमीत रुपमा कलेज नजादाँ र विद्यार्थीहरुका लागि जापान सरकारले तोकेको समय भन्दा बढी काम गर्नाले पनि धेरैले दुख पाएका छन् । कतीपय साथीहरु त झनै कलेजको पढाईलाई छोडेर भागी भागी ईलीगल रुपमा काम गरिरहेका छन् । त्यसैले गर्दा नै दुख भोग्नु परेको हो ।
४३ एक्कासी आएर नेपालीहरु किन त्यस्तो गर्छन् ।
त्यो पिडा उनीहरुलाई एकदम राम्रो संग थाहा छ मैले भन्नुभन्दा पनि, मलाई लाग्छ यहाँ नेपालबाट जसरी नेपाली युवा जो विद्यार्थी साथीहरु हुनुहुन्छ, उहाँहरुले अनेकौं प्रकारका त्यो सपना बुनेर गएका हुन्छन् । लाखौं रुपैया ब्यजमा निकालेर पढ्न गएका हुन्छन् । जे सोचेर गएका हुन्छन् त्यो सम्भवत यथास्थितीमा त्यो पुरा हुँदैन र विद्यार्थी साथीहरुलाई प्रमुख दुई कुराको तनाव हुन्छन् जसले गर्दा मैले अघि भने जस्तै ईलिगल रुपमा काम गरेकै कारण भाषा नजानेकोले पनि दुख भोग्नु पर्छ ।
४४ तपाईले जाने बुझे अनुसार नेपाली विद्यार्थीहरु प्रती जापनिज सरकारले हेर्ने दृष्टिकोण कस्तो रहेको छ ।
मैले बुझेको र मैले सुनेको आधारमा भन्दैछु, जापनीज सरकारको भनाई भनेको नै आफ्नो देशबाट शिक्षा हासिलको साथमा सिप सिकेर जाउ आफ्नै देश विकास गर भन्नुनै हो । तर यहाँबाट गएका नेपाली विद्यार्थीहरुको भने शिक्षा भन्दा बढी प्राथमीकता काम र पैसा कमाउने देखिएको छ ।
४५ जापानमा प्रती वर्षमा १५ हजारको हाराहारीमा विद्यार्थी भिषामा प्रवेश गरिरहेको तथ्याङ्कमा हेर्न सकिन्छ । यस्तो के कारणले भयो होला तपाईको विचारमा ।
मलाई लाग्छ स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपालबाट नेपाली विद्यार्थीहरु वैदेशिक रोजगारिको लागि पनि जाने गरेको मैले केहि साथीहरुलाई सोधपुछ गर्दा पाएको छु ।
४६ जापान जानको लागि नेपाली केटिहरुको बढी भिषा लाग्ने सम्भावना हुन्छ, भन्छन् के यो साँचो हो ।
हजुर यो कुरा चाँहि एकदमै साँचो नै हो ।
४७ किन त्यहाँ नेपाली केटिहरुको लागि बढी भिषा लाग्ने सम्भावना यस बारेमा केहि थाहा पाउनु भएको छ ।
यसबारेमा मैले सुनेको प्राय नेपाल बाट जाने केटिहरुको बढी मात्रामा नै भिषा लाग्ने गरेको छ । किनकी त्यहाँ केटि साथीहरुको लागि काम पाउन देखी लीएर सुरक्षाको व्यवस्था एकदमै राम्रो छ । जसरी खाडिमुलुकमा नेपाली महिलाहरुले भोग्नु परेको जस्तो समस्या चाँहि भोग्नु नपर्ने भएकोले धेरै केटिको रोजाई पनि जापान नै हुन सक्छ ।
४८ जापानमा केटिहरुलाई काम गर्न कतीको सहज भएको थाहा पाउनु भएको छ ।
अन्य देशहरु भन्दा कयौं गुणा जापान नेपाली केटिहरुका लागि राम्रो रहेको भन्ने कुरा चाँहि त्यहाँ पुगेका साथीहरुले भन्ने गरेका छन् । समग्रहमा हेर्दा विशेष गरेर केटिहरुका लागि जापान एकदमै राम्रो ठाँउ हो मैले बुझे अनुसार ।
४९ नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षीत गर्न नसक्नुको पछाडिका कारण के ठान्नुहुन्छ ।
हुनत नेपाल सरकारले यस विषयमा सुरक्षित व्यवस्थित र मर्यादित बनाउन विभिन्न प्रयासहरु गर्दै आएको भएपनि ती सरकारका प्रयासहरु पर्याप्त चाँहि हुन सकिरहेको छैन । एकातिर वैदेशिक रोजगारिबाट देशले विभिन्न फाईदाहर प्राप्त गर्दै आएको छ भने अर्कोतर्फ समस्याहरु पनि सृजना गरेको छ । मलाई लाग्छ नेपाली युवाहरु जो कोहि होस, वैदेशिक रोजगारीमा जान चाहाने व्यक्तीहरुलाई प्रयाप्त सूचना,सीप,ज्ञान प्रदान गरी सक्षम बनाएर मात्र जाने वातावरण निमार्ण गर्नु दायित्व सरकारको हो नी ।
५० जापान पढ्नको लागि नेपाली विद्यार्थीहरु लाखौं पैसा तिरेर जानुको तात्पर्य के हो ।
शुरुमा पढ्न भनिसके पछि त त्यसमा कुनै दुईमत नै हुँदैन त्यो विद्यार्थी राम्रो ज्ञान हासिल गर्न नै जान्छ । अर्को कुरा उसले ज्ञान संगै सिप सिक्दै धेरै नभए पनि केहि मात्रामा पैसा पनि कमाउ छ ।
५१ यती लामो कुराकानी गरिसकेपछि अब म तपाईको जिन्दगीको आरोह अवरोहका गतिविधीहरुलाई नियाल्दै, आन्तरिक कुरातर्फ मोडिन चाहान्छु, यहाँको जन्म कुन ठाँउमा भएको हो ।
मेरो जन्म डोटी जिल्लाको छत्तीवन गाविस वडा नं. ९ स्थित ईखडा गाँउमा वि.स. २०५० साल बैशाख महिनाको २ गते शुक्रबारका दिन बिहानी पख मिरमिरे उजयालोमा बुवा तुल बहादुर सारु र आमा हरिकाला सारु मगरको कोखबाट जन्म भएको हो ।
५२ यहाँको बाल्यकालको अवस्था कहाँ बित्यो ।
मेरो बाल्यकालको अवस्था डोटी जिल्लाको छत्तीवन गाविस वडा नं. ९ स्थित ईखडा गाँउमा नै वितेको हो ।
५३ प्राथमीक शिक्षा पनि त्यहिबाट पास गर्नु भएको हो ।
हजुर मैले यो प्राथमीक शिक्षा डोटीकै छत्तीवन गाविस वडा नं. ९ मा रहेको श्री जनसेवा प्राथमीक विद्यालयबाट पास गरेको हुँ ।
५४ बालक छदाँ यहाँको स्वभाव कस्तो थियो ।
म सानो छदा चाँहि एकदमै चनचले थिए, अली अली चकचक पनि गर्थे । हाँसो हा.हा.हा.हा.हा
५५ हाँसो हा.हा.हा.हा.हा ,बालकको अवस्थामा चकचक गर्दा कहिल्यै परिवारका सदस्यबाट कुटाई खाएको सम्झन सक्नुहुन्छ ।
हाँसो हा.हा.हा.हा.हा , किन नसम्झनु हो, चकचक छदा एक पटक हैन पटक पटक कुटाई खाको छु, बुवाले बेस्सरी पिटनु भाको छ । स्कुलबाट दिएको गृहकार्य नगरी भाईबहिनीहरु संग चल्दा खेरीमा ।
५६ कती जना भाईबहिनी हुनुहुन्छ ।
हामी दुईभाई दुई बहिनी छौ । म चाँहि जेठो हो ।
५७ सानो छदा घरमा कसको बढी माया पाउनु भयो ।
सानोमा त मैले सबैको माया पाए, बाजे बज्यैले अत्यन्तै माया गर्नुहुन्छ । त्यसैले बाजे बज्यै मम्मी बुवालाई म अहिले पनि सम्झीन चाहान्छु ।
५८ बाल्य कालको अवस्थामा तपाईलाई मन पर्ने चिज त्यस्तो के हो, जो कि बेला बेला सम्झिनु हुन्छ ।
म खाने कुरामा एकदमै शोखिन हो है, त्यो पनि दुध,दहि ध्यु मेरो पहिलो रोजाईमा पर्छ, जुन खान पाउदैन थिए । त्यो दिन चोरेर भएपनि खाईया छ, हाँसो हा.हा.हा.हा.हा , अनि मलाई खेल पनि उत्तीकै मन पर्छ त्यो बेला सानो छदा डन्डी बियो र कपडाको भकुन्डो बनाएर फुटबल र साना साना ढुङ्गाको चाङ लगाएर टिभी भन्ने खेल पनि खुबै मन पर्ने खेल हो जसको याद गरिरहन्छु ।
५९ खेल्न र खानामा त निकै शोखिन हुनुहुदो रहेछ, पढाई चाँहि कस्तो थियो ।
पढाईमा चाँहि म सन्तोष जनक नै थिए भनम, त्यहि हो सानो छदा कहिल्यै फेल भएको रेकर्ड छैन् ।
६० यहाँले एसएलसी चाँहि कुन ठाँउबाट पास गर्नु भएको हो ।
मैलै एसएलसी भने डोटीको बुडरमा रहेको श्री रामपुर उच्च मा वि बाटै पास गरेको हुँ ।
६१ त्यसपछि उच्च शिक्षा कहाँ अध्ययन गर्नुभयो ।
त्यसपछि चाँहि मैले उच्च शिक्षा हासिल गर्नको लागि म कैलालीको धनगढीमा रहेको श्री त्रिनगर उच्च माविमा भर्ना भए र सोहि ठाँउबाट आई ए दास्रो वर्ष पास गर्दै कैलालीकै कैलाली बहुमुखी क्याम्पस धनगढीबाट स्नातक तह तेस्रो वर्ष पास गरेको छु ।
६२ यहाँको पारिवारिक स्थिती कस्तो छ ।
मेरो पारिवारीक स्थितीको बारेमा भन्नुपर्दा, सन्तोष जनक नै छ पहिलेको भन्दा अहिले ।
६३ तपाई विवाहित कि अविवाहित ।
म विवाहित नै हो अनौपचारिक ।
६४ मागि विवाह हो कि प्रेम विवाह हो ।।
यो दुवै हो, तर यसमा दुवै नियम बराबर लागु भाको छ ।
६५ विवाह बन्धनमा बाधिएको कती वर्ष भयो ।
अब ४ वर्ष जती हुन्छ । औपचारिक विवाह चाँहि जापानबाट फर्केपछि गर्छु ।
६६ विवाह बन्धनमा बाधिएको जिन्दगी राम्रो कि अविवाहित जिन्दगी राम्रो ।
विवाहित जिन्दगी नै मेरो लागि उत्तम छ । किनकि विवाह भन्दा अघि आवरा जिन्दगी जस्तो लाग्छ भने विवाह पछिको जिन्दगी परिवार संगै बस्दाको रमाईलो बेग्लै हुन्छ । जसले गर्दा सबै कुराहरुको व्यवस्थापन पुर्ण नभए पनि बाहिरी मन खुसी रहन्छ ।
६७ तपाईलाई भाउजुको सबै भन्दा बढी मन पर्ने कुरा के हो ।
शान्त स्वभावकि, ईमान्दारी छन् । अनि अहिल्यै झुट बोल्दैनन् ।
६८ विवाह अघिको जिन्दगी र विवाह पछिको जिन्दगीको परिभाषा दुई शब्दमा दिनुपर्दा कसरी दिनुहुन्छ ।
विवाह अघिको जिन्दगी आवरा हो भने,विवाह पछिको जिन्दगी दुई ज्यानको मिलन हो ।
६९ उसो भए प्रेम चाँहि के हो ।
वास्तवमा प्रेम विभिन्न किसिमले परिभाषित हुन्छन् । हरेक उतार चढाव संग सामना गर्दै संघर्षरत दुई पलको जिन्दगीमा साथ रहोस् भन्ने प्रेम चाँहि वैवाहिक प्रेम हो, भने अन्य कुरामा मानवीयताको मायाँ, स्नेह, सद्भाव, सहिष्णुता र प्रेरणाको आधार हुन् । प्रेम मेरो बुझाईमा ।
७० तपाईलाई मन पर्ने कलाकार ।
सामाजीक कार्यमा संलग्न कालाकार सबै ।।
७१ यहाँलाई मन पर्ने खाना ।
मलाई सामान्य नेपाली खाना दाल र भात नै हो ।
७२ घरमा बनाएको के कुराले मन लोभ्याउछ ।
मम्मीले बनाएको आलुको अचार र श्रमतीले बनाएको टिम्मुर हालेको टमाटरको चट्नीले मुखै रसाएर आउँछ ।
७३ तपाईलाई मन पर्ने कलर चाँहि कुन हो ।
सेतो
७४ दुख पर्दा बढी कसलाई सम्झीनु हुन्छ । अनि यहाँको उद्देश्य के हो ।
मम्मी बुवा,श्रीमती अनी सबै घर परिवारलाई । आँफु संगै देशलाई परिवर्तन गर्ने मेरो उद्देश्य हो ।
७५ नेपालको सबै भन्दा बढी मन पर्ने ठाँउ ।
घुम्नमा पोखरा, बस्नको लागि आफ्नै जन्मस्थान ।
७६ नेपालमा कती वर्ष जागीर गर्नु भयो ।
सबै कार्यालयमा गरि ११ वर्ष जती काम गरेकोछु ।
७७ सबै कार्यालय भन्नुभयो कती ठाँउमा काम गर्नु भएको हो ।
हुनत म अहिले २३ वर्षको भए, भन्दा अचम्म लाग्न सक्छ, मैले २३ वर्षको अवधीमा १८ ठाँउमा काम गरेकोछु ।
७८ यती धेरै ठाँउमा काम गर्नुको पछाडिका कारण के हो ।
यती धेरै काम गर्नुको पछाडी अनेकौं कारणहरु छन् । शुरुमा मैले आफ्नो शिक्षा तथा दक्षता अनुसारको काम पाएन यदि पाईहाले भनेपनि सन्तोषजनक पारिश्रमीक मिलेन फेरी काम संगै पढाईलाई निरन्तरता दिनुपर्ने भएकोले पनि कतीपय ठाँउमा छोड्नु पर्ने अवस्था आउथे ।
७९ तपाईलाई २३ वर्ष पुगिरहँदा आफुले भोगेको दु:ख का समयहरु यादगार छन् ।
एकदम छ । धेरै ठाँउमा मैले काम गर्दा दु: ख त पाएको छु , काम गर्ने शिलशिलामा कुनै दिन भोकै पनि बसेको छु । ति दिनहरु अझै पनि यादगार नै छन् । ति दिनहरु सम्झदा आँखाभरी आँशु आउछन् ।
८० नेपालका ठुप्रै ठाँउमा काम गर्नु भएको रहेछ, यहाँ काम गर्न कतीको सहज छ ।
नेपालमा काम गर्न निकै सहज छ,सहज अनुसारको पारिश्रमीक भने छैन् । त्यो नै यहाँको समस्या हो ।
८१ म फेरी तपाईको वैवाहिक स्थितीमा फर्केर कुरा गर्न चाहान्छु, भाउजुको कत्तीको सहयोग पाईरहनु भएको छ ।
एकदमै राम्रो सहयोग पाईरहेकोछु उनले मलाई हरेक कुरामा सम्झाउने गछ्न् ि। मैले कुनै काम गर्दैछु भने उनले त्यो काम बारे सरसल्लाह दिईरहन्छिन् । जसले गर्दा मलाई अगाडी बढ्नको लागि ठुलो टेवा पुगेको महशुस गरेको छु ।
८२ आमाबुवाको सहयोग नी ।
आमाबुवाको सहयोग त झनै अतुलनिय नै छ, किनकि उहाँहरुले त मलाई जन्म दिनुभयो । मेरो बुवाआमा शिक्षीत नभए पनि मेरो हरेक ईच्छा,चाहानालाई पुरा गर्नको लागि सदैव लागि पर्नुभएको छ । जसले गर्दा म आफ्नो आमाबुवाको आँखामा कहिल्यै आँशु झर्न दिने छैन् । म भोलीका दिनमा जहाँ सुकै भएपनि आमाबुवा लाई सम्झिरहन्छु , यसमा मेरो भाई अंकलहरु अर्थात सबै परिवारको अतुलनीय सहयोग पाएकोछु परिवारप्रती म एकदमै आभारी छु ।
अर्को दुखद कुरा आमाबुवा संग कहिल्यै लामो समय सम्म बस्ने अवसर नमीलेकोमा आफ्नो पनि यदाकदा मन खिन्न हुन्छ । अझै मैले धेरै मेहेनत गर्नु छ । आफ्नो उद्देश्य चुम्नको लागि हरकदम लागि परिरहेको छु । त्यही हो म आमाबुवाको कुरालाई कहिल्यै नाई भन्न सक्दिन म सात समुद्र टाढा रहेपनी आमाबुवा घरपरिवार प्रती सलाम रहिरन्छ । सम्झिरहनेछु ।
८३ भाउजुलाई पनि पछि जापान लैजाने विचार गर्नुभएको छ ।
यो कुरामा अझै विचार गरिसकेको चाँहि छैन् । त्यहाँको माहोल बुझेपछि र वातावरण सोचे अनुसारको हुन्छ भने लैजान पनि सक्छु । बस्नै नलगे पनि घुमाउन चाँहि लैजान्छु ।
८४ भाउजु संग कहिल्यै झगडा गर्नु भाको छ कि नाई ।
त्यस्तो रेशसलिङको जस्तै गरी लडाई चाँहि कहिल्यै गरिया छैन् । हाँसो हा.हा.हा.हा.हा, बुढाबुढी हो कहिले काहि सामान्य झगडा त हुन्छ नै ,हल्का पनि झगडा हुँदै भने के को बुढा बुढी हुनु हो ,बेला बेला झगडा हुनु नै माया प्रगाढ हुनु होईन र । फेरी हाँसो हा.हा.हा.हा.हा.
८५हाँसो हा.हा.हा.हा.हा, झगडा भएपछि छिटो कसले फकाउने गर्नुहुन्छ,भाउजुले कि तपाईले ।
हाँसो हा.हा.हा.हा.हा, ल फकाउन त मैले नि हो, म बढी रिसाको ५ मिनेट हो, त्यो भन्दा म बढी कहिल्यै रिसाउदिन जेहोस हाम्रो अरुको जसरी त्यस्तो कहिल्यै झगडा पनि हुदैन, सिरियसली भन्नुपर्दा त्यस्तो झगडा पनि नहोस् है । यहि भन्न चाहान्छु ।
८६ तपाईको भाउजुलाई मन पर्ने कुरा चाँहि के हो ।
हाम्रो एक आपसमा कुरा शियर हुँदा चाँहि म आफू जती टेन्सनमा रहे पनि मैले उनलाई कहिल्यै समस्याहरु भन्दैन, उनले मागेको कुराहरु आफूसंग नभए पनि जसरी हुन्छ, पुरा गर्ने मेरो सोच हुन्छ, अर्को कुरा म जती टेन्सन भएपनि म हाँसि रहेको हुन्छु , जस्तो सुकै समस्या आउँदा पनि मैले कहिल्यै गम्भिर रुपमा टेन्सन लिदैन त्यसैले धेरैले मेरो आनीवानी बुझ्नै सक्दैनन् र अचम्ममा पररहेका हुन्छन् र त्यो टेन्सनको पिडा मेरो आत्मालाई मात्र थाहा हुन्छ ।
कतिले त मेरो समस्या देख्दा उनहिरु भmन बढी टेन्सनमा भएको मैले देखेको छु ,तर मेरो भनाई के हो भने टेन्सन लिएर के गर्ने, कुनै कुरा हुनुपथ्र्यो तर भएन ठिकै छ, अब अर्को पटक गरौं न त भन्ने खालको मान्छे हो म, मलाई अत्याधीक टेन्सन यदि भईहाल्यो भने पनि म अनेकौं प्रकारका क्रियाकलाप देखाईरहेको हुन्छु, तर मलाई टेन्सन भएको होला भनेर चाँहि कसैले थाहा चाँहि पाउदैनन् , त्यसैले कतीले त भन्न समेत भ्याएका छन् । दिपेन्द्र त कस्तो बच्चा जस्तो छ, भन्छन् तर म उनीहरुले भने जस्तो चाँहि वास्तविक रुपममा छैन् । त्यो त मैले आफ्नो टेन्सन भुलाउन गरेको आनवानी मात्र हो । यसकारणले पनि हुन सक्छ मेरो बारेमा बुझ्न नसक्दा धेरै जना अनविज्ञ नै हुनुहुन्छ ।
८७ तपाईले अहिले सम्म कसैको मन दुखाउनु भएको छ कि नाई याद छ ।
मलाई लाग्छ मैले अहिले सम्ममा कसैको मन चाँहि रुवाको छैन् । मेरो कारणले मलाई थाहा नहुने गरि कसैले यदि मन दुखाको रहेछन्,भने यसै अन्र्तवार्ता मार्फत क्षमा चाहान्छु । मैले गल्ती गरेको ठाँउमा म तुरुन्तै क्षमा माग्ने मान्छे हो म, बरु मेरो अरुले धेरै मन दुखाका चाँही छन् ।
८८ स्कुल लेवल देखि स्नातक तहको तेस्रो वर्ष पास गर्दा सम्ममा कुनै यादगार दिन छ ।
एकदमै छ । कहिल्यै नशालुु पदार्थ सेवन नगर्ने म , कक्षा ११ मा पढ्ने बेला शिवरात्रीको दिन धनगढीको जोकर तालमा जेरी र पकौडामा हालेको १ के जी भाङ साथीहरुले थाहा नपाएको मौका छोपेर खुवाउदा भोली पल्ट कक्षाकोठा भरी बमेट गरेर भुत लागेछ, भनी घर आएर सात दिन सम्ममा बिरामी भएका दिनहरुको याद आईरहन्छ ।
८९ कस्तो स्वभावको मान्छे मन पर्छ ।
झन्ट हेर्दा राम्रो, बानी व्यवहारमा चाँहि दख्खल भएको, सबै संग मिनलसार हँसिलो मान्छे एकदम मन पर्छ ।
९० संञ्चारकर्मी बाहेक नेपालमा अरु के के काम गर्नुभयो ।
संञ्चारकर्मी बाहेक अन्य थुप्रै क्षेत्रमा रहेर काम गरेको छु । जस्तो व्यवसाय पनि गरे, कम्प्युटर विक्रि गर्ने पढाउने,बनाउने, त्यस्तै ड्रईभिङ पनि गरे, मजदुरी पनि गरे काम चाँहि सबै गरियो ।
९१ अब तपाई त एकदमै सामाजीक कार्यमा समर्पित रहने मान्छे , फेरी विदेश जार्दै हुनुहुन्छ, यसरी जाँदा समाजमा असर पर्दैन ।
तत्काल लाई असर गरे पनि भावि दिनमा भने सामाजलाई नै फाईदा पुग्नेछ ।
९२ नेपाली विद्यार्थीहरु धमाधम विदेश पढ्न गईरहेका छन् । उनीहरु स्वदेश फर्कदा नेपालले के अपेक्षा गर्न सक्छ ।
नेपाली विद्यार्थीहरु यसरी धमाधम विदेश पलायन हुँदा तत्काल असर पर्ला जस्तो देखिए पनि भविश्यमा तिनै विद्यार्थीहरुले ठुलो सिप सिकेर आएमा राम्रो दक्ष अनुभवी राज्यले पाउन सक्छ, यो नै फाईदा हो ।
९३ विदेश जाँदा ठगिबाट बच्नको लागि के कती कुरामा ध्यान दिनुपर्छ ।
निकै राम्रो प्रश्न गर्नुभयो, यसमा मैले बुझेको ठगिबाट जोगिनको लागि तपाई कसको मातहत मार्फत जादै हुनुहुन्छ । त्यसको बारेमा तपाईलाई जानकारी हुनुपर्छ, तपाईले एजेण्टको मात्र भर पर्नु हुँदैन् । अर्को कुरा आफु कुन देश जाने हो, कति तलबमा जाने हो,लागत खार्च कति लाग्छ,कुन मेनपावरबाट जाँदैछु आदि कुराहरु बुझेर जादा उचीत हुन्छ ।
९४ रोजगारदाताहरु सम्बन्धीत देशमा पुगेपछि पनि ठगीमा परेका छन् नी यसमा ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्छ,तपाई एउटा सञ्चारकर्मी भएको नाताले के भन्नुहुन्छ ।
यस विषयमा चाँहि मैले वैदेशिक रोजगारमा सिकेको कुराहरु अनुसार के भन्न चाहान्छु भने,तपाईले जाने देशको एयरपोर्टमा तपाईलाई लिन आउने व्यक्ती तपाईलाई जाने कम्पनीको हो वा होईन, अन्य व्यक्तीहरुले पनी लैजान सक्छ यसमा ध्यान दिनुपर्छ भने यस्तै जुवा,तास,लागु औषध ,लागु पदार्थ लंगुरबुर्जा खेल्ने जस्ता गतीविधी पनि हुन सक्छन् ,भने तपाईसंग भएको पैसा घर पठाईदिन्छु भनी ठगी गर्न सक्दछन् यस्ता कुरामा बढी ध्यान दिन आवश्यक हुन्छ ।
९५ ठगी भईहाले उजुरीे कसरी गर्न सकिन्छ ।
यस्तो कुरामा चाँहि मलाई लाग्छ शुरुमा आफूलाई पठाउने मेनपावरलाई किन यस्तो हुन गयो सो कुराको जानकारी गराउनुपर्छ , यस्तै नेपाली दुतावासमा रहेको श्रमसहचारीलाई समेत आफ्नो के समस्या हो सोको बारेमा कागज सहित उजुरी गर्ने । यसैगरी श्रम सहचारीसम्म पुग्न नसकेमा नजिकका नेपाली समाज तथा गैह् आवासीय नेपाली संघ मार्फत पनि उजुरी गर्न सकिन्छ । यदि विदेशबाट उजुरी गर्न सम्भव नभएमा घर परिवारलाई छोडेको कागजातका आधारमा पनि आफन्तको साहेतामा उजुरी गर्न सकिन्छ ।
९६ अब वैदेशिक रोजगारमा सीप सिकेर जाँदा हुने फाईदाहरु चाँहि के रछ ।
मलाई लाग्छ सीप सीकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुन सघाउ पुग्छ ।
९७ वैदेशिक रोजगारमा जाँदा मेडिकल रिपोर्ट लिन कतीको आवश्यक छ ।
शुरुमा त आफू स्वस्थ छु भन्ने मेडिकल रिपोर्ट पेश गरेपछि मात्र विदेशबाट भिषा आउँछ । साथै नेपाल सरकारले पनि श्रम स्वीकृत प्रदान गर्ने हुँदा कानुनी तवरबाट विदेश जान पाईन्छ । यसमा पनि होलोग्राम टाँसेको मेडिकलमा रिपार्ट लिदाँ अझ राम्रो, किनकि तपाई विदेश पुगेपछि चेकअप गर्दा फेल भएपछि स्वदेश फर्कनु परेमा नेपालमा चेकअप गराएको ६० दिन पुगेर अरु ४५ दिन भित्रमा निवेदन दिएमा मेडिकल सेन्टरबाट क्षतिपुर्ति प्राप्त गर्न सकिन्छ, जसले गर्दा मेडिकल रिपोर्ट लिन आवश्यक छ ।
९८ वैदेशिक रोजगारमा जाने कतिपय नेपालीहरु विदेशकै एयरपोर्टमा अलमल परिरहेका हुन्छन् , ट्रान्जिट भन्ने शब्दको बारेमा धेरैलाई जानकारी नहुन सक्छ, तपाईले बुझे अनुसार यो कसरी पार गर्नुपर्छ ।
जो कोहि नेपालीहरु वैदेशिक रोजगारमा जादै हुनुहुन्छ, र यो ट्रान्जिट भन्ने कुरा बुझ्नु भएको यदि छैन भने तपाईले जाने देशको गन्तव्य मुलुकमा पुग्नु भन्दा पहिला अर्को कुनै देशमा रोकिएर त्यहि जहाज वा अर्को जहाज चढ्नु पर्ने स्थानलाई नै ट्रान्जिट भनेर बुझ्नुपर्छ । किनकि तपाई जाने मुलुकमा पनि यो ट्रान्जिट हुनसक्छ यस्तो अवस्थामा त्यो देशको एयरपोर्ट छाडेर जान पाईदैन ।
यस्तै अर्को कुरा हवाईजहाजबाट झरिसकेपछि पासपोर्ट बोडिङ्ग पास चेक गराउने लाईनमा चेक गराएर आफू पुग्ने गन्तव्य मुलुकको एयरलायन्स भएको काउन्टरतर्फ लाग्नु पर्दछ । त्यसपछि आफ्नो सबै कागजपत्र चेक पश्चात हवाईजहाज नआउन्जेल सम्म टिकटमा लेखिएको समयसम्म प्रतिक्षालयमा कुर्नुपर्छ र जहाज आएपछि चढेर सम्बन्धति ठाँउ तिर लाग्नु पर्छ ।
९९ तपाईले बुझे अनुसार विदेशको एयरपोर्ट प्रयोग गर्दा के के कुरामा ध्यान दिनुपर्छ ।
त्यहि हो मैले बुझेको विदेशमा पुगिसकेपछि शुरुमा लाईनमा बसेर आँखा वा औंलाछाप दिएर अध्यागमन तर्फ जानु पर्दछ । भने आफुसंग भएको सबै कागजात देखाई पासपोर्टमा भिसाको छाप लगाउनु पर्दछ । भिसा लगाई सकेपछि आफ्नो सामान भए तिर गई सामानको ट्याग देखाई सामान लिएर एयरपोर्टबाट बाहिर निस्कनु पर्दछ । अनि आफूलाई लिन आउने व्यक्तिको खोजी गर्नुपर्छ ।
१०० अब अन्तिममा एउटा प्रश्न गर्न चाहान्छु , तपाईले लामो समय सम्म वैदेशिक रोजगार सम्बन्धी केहि कुरा सिक्नु पनि भयो , महिला कामदारहरुले विदेशमा रहँदा ध्यान दिनुपर्ने कुराहरु के के हुनसक्छन् तपाईको विचारमा ।
मेरो विचारमा चाँहि महिला कामदारहरुले विदेशमा रहेर काम गर्दा शुरुमा चाहिने जति मात्र बोल्दा राम्रो हुन्छ, मालिक,मालिक्नीसंग बढी कुराकानी गर्दा कतिपय ठाँउमा राम्रो नमानेको खबर सुनेको छु , त्यस्तै आफूले काम गर्ने घरमा सि सि क्यामेरा जडान गरिएको हुन्छ , त्यसैले सबै कुराको होस् पुर्यानुपर्छ । नचिनेको मान्छे संग नचिनेको ठाँउमा जानै हुदैन जस्तो लाग्छ भने खाडी राष्ट्रहरुमा महिलाहरुले बुर्का लगाउनु पर्दछ रे, यस्तै पुरुष रोजगारदाता मात्र घरमा भएको बेला विशेष सावधानी अपनाउनु पर्छ जस्तो मलाई लाग्छ ।
१०१ हुन्छ यती व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनु भएकोमा यहाँलाई धन्यवाद संगै फेरी पनि सफलताको शुभकामना सर छ ।
तपाईं र बिहानी अनलाईन परिवारलाई पनि धन्यवाद ।। यसरी मेरो मनका भावनात्मक विचारलाई राख्ने जुन अवसर दिनुभयो, यहाँहरू प्रति धेरै आभारी छु धन्यवाद ।।