पामेबाट हिडेको जिप फेवातालमा खस्यो : एकको मृत्यु

पोखरा, साउन,१५-

कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ । 

ग.१ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।