चर्चित सर्जक केशीको उत्कृष्ट शव्द सिर्जनामा “काँकरी झालैले”

सिर्जना बर्देवा,

ओखलढुङगा,साउन,१५-

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना सहितचर्चित सर्जक सुनिल केशीको उत्कृष्ट शब्द सृजनामा तीज कोशेली “काँकरी झालैले”बजारमा आएको छ । पछिल्लो समयका चर्चित सर्जक केशीको उत्कृष्ट सिर्जना रहेको यस गित भर्खरैमात्र सार्बजनिक भएको हो ।

रबिना केशी र कृष्ण सौरागको प्रस्तुती रहेको यस गितमा लय तथा थेगो कृष्ण सौरागको रहेको छ भने केशीको शव्द सिर्जना गरेको छ । गणेश अधिकारी र ज्योति गोर्खालीको सुमधुर स्वर रहेको छ । आशिर प्रताप जंग,अञ्जली अधिकारी र अर्जुन कुंबर “प्रितृ बुढो” को उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक स्मृति तिमिल्सीना “गुरुआमा”को निर्देशन रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठको रहेको छ भने सुजन शाहीले भिडियोको सम्पादन गरेका छन् । गुरुआमा फिल्मसले दृष्य निमार्ण गरेको यस भिडियो तथा अडियोलाई योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

भिडीयो हेर्नुहोस् ।।