अधिकारीद्वारा एनआरएन सदस्यमा उम्मेदवारी

दिनेश खड्का /

मलेसिया,भदौ,७-

 सुदुरपश्चिम सेवा समाज मलेसियाका सचिव एंव चर्चित उद्घोषक अधिकारीद्वारा एनआरएन सदस्यमा उम्मेदवारी मनोनयन दर्ता

मलेसिया भदौ ६। सुदुरपश्चिम एबं सात नम्बर प्रदेश अछाम पन्चदेवल नगरपालिका घर भई हाल केहि बर्ष देखि मलेसियामा कार्यरत चर्चित उद्घोषक गणेश अधिकारिले गैर आवासिय नेपाली संघ मलेसियाकोको आउँदो २०१७–२०१९ कार्यकालका एनआरएन मलेसियाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
भर्खरै सम्पन्न सुदुरपश्चिम सेवा समाज मलेसियाको केन्द्रीय सचिवमा निबिरोध चयन भएका अधिकारी सामाजिक क्षेत्र सँगसँगै एनआरएनएको प्रतिनिधि भएर समाजसेवामा पनि संलग्न हुने चाहना ब्यक्त गरेका छन् ।

पत्रकारिताको साथै मलेसियामा गठित विभिन्न संघ संस्था तथा सामाजिक गतिविधिहरुमा आबद्ध रहि बिभिन्न जिम्मेवारीहरु बहन गरिसकेका अधिकारी मलेसियामा रहेका तमाम नेपालीहरूको विभिन्न दु:ख पीडा तथा समस्यालाई प्रत्यक्ष निगरानीमा सरोकार राख्ने ब्यक्ति हुन ।

पश्चिम सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा निरन्तर रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफूले गैर आवासिय नेपाली संघ मलेसियाको सदस्य पदमा उम्मेद्धवारी दर्ता गराएको बताउछन्।

सदस्य पदमा उम्मेदवारी दिएका अधिकारीले भन्छन। एनआरएन भित्रका सम्पूर्ण गतिविधिहरुलाई मलेसियामा कार्यरत नेपालीहरुमा जति सक्दो छिटो ल्याउदै सबै जाती, धर्म क्षेत्र तथा लिङ्गको मलेसियामा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववारका रुपमा आफुलाई उभ्याउने कार्यरत श्रमिकहरुको हक, हित, अधिकार

एवं समस्या निराकरणको गर्न हर सम्भब सबै प्रयास गर्ने साझा संस्थामा रहेर आम गैर आबसिय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुने कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने यहाँ रहेका पेसा कर्मी, बुद्धिजिबी र ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बढनु का साथै साझा संस्थामा रहेर सामाजिक क्षेत्रमा बटुलेका अनुभबलाई गैर आवासिय

नेपालीहरुको हितको लागि उपयोग गर्ने र समाजिक तथा सकरात्मक सोचलाई दायित्वबोध, गरी अनुशासित एवं निष्पक्ष कार्य सम्पादन जस्ता गहन विषय संस्थागत जीवनका आधार हुन भन्ने यथार्थतालाई आत्मसाथ गर्दै भोलिका दिनहरुमा राजनैतिक, साम्प्रदायिक घेरा बाट माथि उठेर विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अधिकांश नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाईहरुको उपस्थिति रहेको मलेसियाको नेपाली समुदायमा श्रमिकहरूको पक्षमा उभिन नेतृत्व तहबाट नै दबाब दिन पनि आफ्नो प्रतिनिधित्व हुनु जरुरी रहेको बताउनुभयो ।खाडी मुलुक मलेसियामा धेरै नेपाली कार्यरत हुनु हुन्छ । विभिन्न माध्यमबाट उहाँहरूले पनि नेपाली समाजमा उल्लेख्य योगदान पुर्याउदै आउनु भएको छ ।

यद्यपि सामाजिक संघ संस्थाको नेतृत्व तहमा आफ्नो उपस्थिति कमजोर अवस्थामा नरहेको उनले भने मलेसियाकोको इतिहासमा पहिलो पटक आफुले सदस्य पदमा दावेदारी गरेको यो केवल दावेदारी मात्रै नभएर अनिवार्य पनि देखिएकोले यहाँ सबैको साथ र सहयोगको अपेक्षा सहित आफ्नो उमेदवारी दिएको छु । सबै को साथ सहयोग को अपेक्षा राख्दछु ।