जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२-

जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ ।

निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको र त्यही मौकामा चुनाव गराउन खोजिएको विश्लेषण गरिएको छ ।

ताजा मत सर्वेक्षणहरुमा उनको दल लिबरल डेमोक्रेटिक पार्टी एलडीपी अरुको तुलनामा अघि देखिएको जनाइएको छ । (एजेन्सी)