कपालमा चाया परेर हैरान हुनुहुन्छ भने यी घरेलु तरिका अपनाउनुस्

 प्रशस्त मात्रामा स्याम्पुको प्रयोगनगरेको अवस्थामा  वा तनाब, मौसम परिवर्तन लगायतका कारण कपालमा चाया पर्ने गर्छ ।  चाँयाले हरेक उमेर समुहका मानिसलाई दुःख दिइरहेको छ । गर्मी समय होस् या जाडो मौसम चाँयाको समस्याले सताइरहेको हुन्छ । यसले कपाललाई मात्रै होईन डन्डिफोर लगायतका समस्याले अनुहारमा समेत असर गर्छ ।यदि यस्तौ समस्याबाट जुधिरहनुभएको छ भने यी घरेलु उपाय अपनाउनुस जसले चाया कम गर्न मदत गर्छ । 

चायाँ हटाउने घरेलु उपाय यस्तो छ ।१. कागती र नरिवल तेलको मसाज गर्ने
कागती रसले कपालमा नियमित मसाज गर्नाले चाया कम हुँदै जान्छ । यसको लागि २ चम्चा नरिवलको तेलमा बराबर मात्रामा कागतीको रस मिसाउने र कपालमा दल्नु पर्छ । कपालमा मसाज गरिसकेपछि २० मिनेट सम्म स्थिर रहनुहोस् । त्यसपछि स्याम्फूले कपाल टाउको पखाल्नुहोस् । हप्तामा वा केहि हप्तासम्म २ देखि ३ पटक सम्म यो यो अभ्यास जारी गर्यो भने तपाईंको चाँया हराउनेछ ।

२. बेकिङ सोडा
चाँयासँग लड्नको लागि बेकिङ सोडाले पनि मदत गर्दछ । यसका लागी एक चम्चा बेकिङ सोडा लिनुहोस् र भिजेको कपालमा विस्तारै मसाज गर्नुहोस् । र, केही मिनेटपछि नुहाउनुहोस् । यसरी एक हप्तामा चार पटक गर्नुभयो भने चाँया हट्नलाई ठूलो मद्दत गर्नेछ ।

३. दही
थोरै दहीले कपालमा मसाज गर्नुहोस् । मसाजपछि ३ देखि ४ घण्टा सम्म खुला छोड्नुस् । र, स्याम्पुले पखाल्नुस् । दहीले चायाँ हटाउने मात्र नभई हेयर कन्डिस्नरको समेत काम गर्दछ ।

४. मेथी
मेथी हाम्रो भान्सामा जतिखेर पनि उपलव्ध हुन्छ । एकमुट्ठी मेथी रातभर पानीमा भिजाएर राख्नुहोस् । भिजेको मेथीको पेस्ट अथवा लेदो बनाएर कपालमा लगाउनुहोस् र एक दुई घण्टा जति छोडिदिनुस् । त्यसपछि स्याम्पुले पखाल्नुस् । यो विधी हप्तामा ३÷४ पटकसम्म गर्नुहोस्, जसले चाँया हटाउने मात्र नभई कपाललाई बलीयो राख्न समेत मदत गर्दछ ।

५. मेहेंन्दीँ
मेहेन्दीँ कपालको समस्या समाधानको लागि पहिल्यै देखि प्रयोग गरिँदै आएको छ । हिना, चियाको लेदो र कागतीको रस तातो पानीमा मिसाएर ८/१० घण्टा यत्तिकै छोडिदिनुस् । र यसलाई कपालमा लगाएको १÷२ घण्टाभित्र हल्का स्याम्पुले पखाल्नुहोस । यो प्रक्रिया हप्तामा दोहोर्याएर गर्नाले चाँया पुर्ण रुपमा हटेर जान्छ ।

६. नीमको जुस्
प्राचिन समयदेखि नै निमलाई औषधिको रुपमा प्रयोग गरिँदै आएको पाइन्छ । नीमको हरियो पातलाई पिसेर लेदो बनाउनुस, अथवा यसको जुस् कपालमा लगाएको १० मिनेटपछि पानीमा पखाल्नुस् । नीमको पात पानीमा उमालेर कपाल धुँदा प्रयोग गर्नाले समेत चाँया हटेर जान्छ ।

७.सुन्तलाको बोक्रा
सुन्तलामा पाईने अमिलो तथा भिटामिन सीेले छालाको समस्यालाई मद्दत पुर्याउँदछ । तर सुन्तलाको बोक्रा समेत कपालको लागि राम्रो फाईदा गर्दछ । यसको बोक्राको पेस्ट बनाएर हप्तामा २÷३ पटकसम्म लगाउनाले चाँयाले बाईबाई गरेको थाहा पाउन सकिन्छ ।