तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्छु: अग्नि सापकोटा

काठमाडौं,माघ,१२-नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आफुले तटस्थ र निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्ने बताईएको छ ।

निर्वाचित भएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले प्राप्त जिम्मेवारी निष्पक्ष भएर पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाली काँग्रेसले शंका गरेजस्तो अवस्था आउन नदिने उहाँको भनाइ थियो ।त्यसैगरी विभिन्न राजनीतिक दलका नेताहरुले पनि नवनिर्वाचत सभामुखले निष्पक्ष भएर काम गर्ने आशा व्यक्त गर्नु भएको थियो ।ईमेजखबरबाट 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसदले योग्य र इमान्दार सभामुख पाएको भन्दै आगामी दिनमा संसदीय गतिविधि निर्वाधरुपले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

राजपाका नेता राजेन्द्र महतोले नवनिर्वाचित सभामुखबाट आफुहरुले संसदको ओज र गरिमा अझै बढ्ने विश्वास राखेको बताउनुभयो ।