सरकार बनेको तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीहरुको शपथ ४ बजे

काठमाडौं,असोज,२२-मन्त्री परिषदले आज पूर्णता पाउने भएको छ ।शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो ।

लामो समय देखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार (हिजो) मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको हो ।

नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजे राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ । आज बिहान ११ बजे मन्त्रीपरिषद बिस्तार हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्ले कति मन्त्रालय पाउने यस्तो छ भागबण्डा
कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाएका छन्।

साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक एक जना राज्यमन्त्री पनि पाएका छन्। गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई बाहिरबाटै सहयोग गर्ने भएको हो ।

मन्त्री बन्नेहरुको नामावली यस्तो छ
नेकपा (एकीकृत समाजवादी) बाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आले , स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्री , सहरी विकास मन्त्रालयमा विरोध खतिवडा र श्रम मन्त्रालयमा भने किसान श्रेष्ठ मन्त्री बन्ने छन ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्दै हुनुहुन्छ भने बोधमाया यादव राज्यमन्त्री बन्नुहुने भएको हो ।