आज नेपाल र भियतनाम भिड्ने

खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुने ।

काठमाडौं,फाल्गुन,२५-पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हेड टु हेड – 

फिफा वरीयतामा नेपाल भियतनाम भन्दा धेरै पछि छ । फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ  । नेपाल १०० औं स्थानमा रहेको छ । 

भियतनामले अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।

नेपालले भियतनामसँग दोसो पटक खेल्न लागेको हो । यस अघि छनोटकै पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले हराएको थियो ।