सरकारलाई धन्यवाद दिँदै एमालेले भन्यो :अब सबै चुनावतर्फ लागौं, संशोधनको नयाँ झमेलामा नलागौ

काठमाडौं , चैत, २९-
प्रमुख विपक्षी नेकपा एमालेले सीमांकन हेरफेर सहितको संविधान संशोधन बिधेयक फिर्ता हुनुलाई आफ्नो अडानको जित भएको ठहर गरेको छ । साथै अब अर्को बिधेयक ल्याएर चुनाव अनिश्चित गर्नेतर्फ नलाग्न सरकारलाई आग्रह गरेको छ ।

सरकारले गत मंसिर २४ गते संसदमा दर्ता गरेको ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव सहितको संविधान संशोधन बिधेयक आज फिर्ता लिएको थियो ।

एमालेले शुरुदेखि नै यो बिधेयक छलफल र पारित गर्न नसकिने भन्दै फिर्ता लिन सरकारलाई दबाव दिइरहेको थियो ।बिधेयक फिर्ता भइसकेपछि  एमाले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले भन्नुभयो ढिलै भए पनि सरकारले बिधेयक फिर्ता गरेर ठीक कदम चालेको छ ।

यसका लागि धन्यवाद । यसबाट एमालेको अडान सही साबित भएको छ । जनताको सही अर्थमा जित भएको छ ।एमालेले अब अर्को संविधान संशोधन बिधेयकको लफडामा नपर्न सरकारलाई सुझाव दिएको छ । सभार अनलाई खबरबाट