जापानमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

टोकियो , २६ वैशाख-

दक्षिणी जापानमा अाज शक्तिशाली भूकम्प गएको छ ।दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ।

जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पका कारण समूद्रंको स्तरका केही परिवर्तन आएको तर सुनामीको कुनै खतरा रहेको छैन ।

जापानको राजधानी टोकियोबाट करिब १ हजार ८४० किलोमिटर दक्षिणपश्चिमका पर्ने कियाकोको जनसङ्ख्या ५५ हजार रहेको छ ।

जापानमा सन् २०११ को मार्च ११ मा समुद्र सतहतल केन्द्रविन्दु भई गएको करिब ९ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १८ हजार ५०० मारिएका थिए।