काठमाडौं,भदौ,२३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट सुरु भएको संघीय संसद […]
Author: bihani
पपुना न्युगिनीविरुद्ध नेपालको शानदार जीत
काठमाडौं,भदौ,२२-नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित पौडेल र सोमपाल […]
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै
काठमाडौं,भदौ,२०-नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (आइतबार) भारतसंग हुदैछ ।त्रिपुरेश्वरस्थितदशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो।जुन खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले गरेको गोलको अग्रता जोगाउन […]
निजगढ रतनपुरीमा महेश बस्नेतद्धारा कार्यकर्ता प्रशीक्षण कार्यक्रम सम्पन्न
निजगढ,बारा,भदौ,१९-नेपाल कम्न्युस्ट पार्टी एमाले निजगढ नगर कमिटिको आयोजनामा र रतनपुरी ब्लकको सहयोगमा क. महेस बस्नेत को प्रमुख आतिथ्यमा कार्यकर्ता भेला तथा प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय माबीको प्रांगणमा भएको कार्यक्रमको सभापति दिल बहादुर लामाले गर्नुभएको थियो।सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ,राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केंद्रीय […]
दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापति बनिन्
दैलेख,भदौ,१९-दैलेख जिल्लामा नेपाली कांग्रेसले एकजना १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ। दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्। शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि […]
जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै
नेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको […]
एमालेका अध्यक्ष ओली भए अस्वस्थ्य,भेटघाट कार्यक्रम बन्द
काठमाडौं,भदौ,१९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।
पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई माओवादीले उचित जिम्मेवारी दिने
काठमाडौं,भदौ,१९-नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ । विगतमा पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने गरेपनि माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने प्रतिवद्धता जनाएको छ । माओवादी केन्द्रका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी […]
निजगढ रतनपुरीमा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने
बारा,भदौ,१८-बाराको निजगढ रतनपुरीमा शनिबार नेकपा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटि बाराको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले आयोजना गर्न लागेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य […]
यातायात व्यवस्था विभागले दिन थाल्यो परीक्षणकालीन लाइसेन्स
काठमाडौं,भदौ,१८-यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो […]






