नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी

काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र […]

सुनको मूल्य घट्यो

काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।  बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।

जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने

एजेन्सी,भदौ,१७-जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो । तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै आएका छन् । […]

पोखरामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

पोखरा,भदौ,१७-पोखरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा– २० भलामका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । भलामका कृष्ण श्रेष्ठको एकतले घर पहिरोमा पुरिंदा ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षिया श्रीमती सुनमाया तामाङको मृत्यु भएको […]

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ,भदौ,१७-दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद […]

नेपाल र भारत आज भिड्दै,खेल अपरान्ह ५:३० बजे सुरु हुने

काठमाडौं,भदौ,१७-नेपालले आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको […]

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ- सुनिल क्षेत्री (अन्तर्वार्ता)

काठमाडौं,भदौ,१४-नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित […]

आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व मनाईदै

काठमाडौं,भदौ,१४-आज श्रीकृष्ण जन्माष्टमी पर्व । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा हिन्दुहरुले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् ।हिन्दु मठमन्दिरमा विशेषगरी कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु पुगी पुजापाठ गर्ने गर्दछन् । उनको मामा कंशले पिता वासुदेव र आमा देवकीलाई जेलमै हालेको अवस्थामा कृष्णको जन्म भएको हो । कृष्ण जेलमै जन्मिएका हुन् । महाभारतको युद्धमा कृष्णको विशेष भूमिका […]

जापानमा कोरोनाको खोप १० करोड ५९ लाख ७८ हजार बढीले लगाए

जापान,भदौ,१४-जापानमा आईतबार सम्म कोरोना भाइरसको खोप लगाउनेको संख्या १० करोड ५९ लाख ७८ हजार ५ सय ६९ जना पुगेको छ।कोरोना खोप लगाउनेको दर अहिले सम्मकै उच्च हो । जापानमा हाल १३ करोडको हाराहारीमा जनसंख्या रहेको छ ।  यहाँ पछिल्लो समय कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि उच्च रहेको छ ।आईतबार मात्र १९ हजार ३ सय ११ […]

डेढ महिनादेखि देउवा आफैँ हाँक्दैछन् २० मन्त्रालय

काठमाण्डौ,भदौ,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको बागडोर सम्हालेको ४५ दिन नाघेको छ।  ४२ औं प्रधानमन्त्री बनेको ४६ औं दिन उहाँले सरकार विस्तारबारे सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नु भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार भएको भेटमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ।  प्रचण्ड पुत्री एवं स्वकीय सचिव […]