एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने

काठमाडौं,साउन,६-एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने भएको छ।केन्द्रीय कमिटी बैठक भोली दिउँसो ३ बजे बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो। मंगलबार सकिएको नेकपा एमालेका प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् ।केन्द्रीय कमिटीको बैठकमा आ-आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडी बढाउन समस्या […]

१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

सुर्खेत,साउन,५-कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा […]

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाण्डौं,साउन,३-केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने […]

कर्णाली प्रदेशले बढायो बजेट खर्च

सुर्खेत,साउन,४-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७० दशमलव ६३ र चालूतर्फ ५७ दशमलव ८७ प्रतिशत खर्च गरेको हो ।  गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब […]

विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री देउवालाई मोदीको बधाई

काठमाडौँ,साउन,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ। आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको बताउनुभयो।  ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि […]

प्रेम आलेसहित ओली पक्षका ८ सांसदद्वारा फ्लोर क्रस

काठमाण्डौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका ८ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका फ्लोर क्रस गरि देउवालाई विश्वासको मत दिने ओली पक्षका ८ सांसदरूमा प्रेम आले, हिराचन्द्र केसी,कृष्णकुमार श्रेष्ठ किसान,पावर्ती विसङखे,कलिला खातुन,विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। यस्तै, देउवाको पक्षमा मतदान गर्ने नेपाल पक्षका सांसदहरूमा माधवकुमार […]

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ।प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले […]

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं,साउन,३-माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ।आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो।  संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्। 

जसपा नाम र चुनाव चिह्न कसले पाउला आज बस्दै निर्वाचन आयोगको इजलास

काठमाडौँ,साउन,३-जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता कुन पक्षले पाउने भन्ने विषयमा निर्क्योल गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ।    अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभामिजत जसपाको  आधिकारिता कसले पाउने भन्ने विवाद छ। यसको निरुपणका लागि यही असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित ५ जना आयुक्त राखेर […]

विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो । बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा […]