बालकोटमा ‘रिल्याक्स’ गर्दै छु : केपी ओली

काठमाडौं,साउन,२-निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि रिल्याक्स गर्ने अवसर पाएको बताउनुभएको छ । शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो । ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गर्नुभएको हो । भेटमा […]

जसपामा तानातान:महन्थलाई छाडेर उपेन्द्र समूहको बैठकमा पुगे चार सांसद

काठमाडौँ,साउन,२-जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र  नेता तानातान तीव्र भएको छ। पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो।  शनिबार मात्रै बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दल बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन्। स्रोतका […]

एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा सहभागी हुने

काठमाण्डौं,साउन,१-नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा भोलि सहभागी हुने भएको छ। एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीपकुमार साहले बताउनु भएको छ। उहाँका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ। राज्यमन्त्रीमा रुवी कर्णको नाम टुंगो लागेको उहाँले बताउनुभयो ।यद्यपी कुन मन्त्रालय लिएर सरकामा […]

‘सर्वसाधारणको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व’:गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं,साउन,१-गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिनुभएको छ । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण भ्रमण गर्दै मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री खाँणले विपद्मा काम गर्ने सरकारी […]

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं,साउन,१-प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले […]

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने

काठमाडौँ,साउन,१-चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। यसअघि चीनले […]

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं,असार ३१-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद […]

महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त

काठमाडौं,असार,३१-राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गर्नुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायधिवक्तामा खातीलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपाल बार एशोसियसनको महासचिव समेत भइसक्नुभएका बाजुराका खातीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवालाई परमादेश जारी हुनुपर्ने माग गर्दै उहाँको तर्फबाट बहस गर्नुभएको थियो ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ,असार,३१-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो।  सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो। ‘बैठकमा कोरोना संक्रमण […]

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं,असार,३१-आजका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सारिएको छ।बैठमा सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी छ । […]