काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । दुई चरणमा बस्ने […]
Author: bihani
टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला
काठमाडौँ,साउन,३-टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ ।जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ। ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको हो। शनिबार टोक्यो ओलम्पिक आयोजकले […]
कांग्रेसको संसदीय दलको वैठक आज आइतबार बस्ने
काठमाडौं,साउन,३-नेपाली कांग्रेस संसदीय दलको बैठक आज “आइतबार” बस्ने भएको छ।प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो। सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ।यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस […]
बालकोटमा ‘रिल्याक्स’ गर्दै छु : केपी ओली
काठमाडौं,साउन,२-निवर्तनमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि रिल्याक्स गर्ने अवसर पाएको बताउनुभएको छ । शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो । ओली सरकारबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक भेट गर्नुभएको हो । भेटमा […]
जसपामा तानातान:महन्थलाई छाडेर उपेन्द्र समूहको बैठकमा पुगे चार सांसद
काठमाडौँ,साउन,२-जनता समाजवादी विभाजनतर्फ जाँदै गर्दा सांसद र नेता तानातान तीव्र भएको छ। पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा तान्न थालेको हो। शनिबार मात्रै बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा उपेन्द्र पक्षको संसदीय दल बैठकमा महन्थ समूहमा रहेका चारजना सांसद सहभागी भएका छन्। स्रोतका […]
एक मन्त्रालय लिएर माओवादी केन्द्र भोलि प्रदेश २ सरकारमा सहभागी हुने
काठमाण्डौं,साउन,१-नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा भोलि सहभागी हुने भएको छ। एक महत्त्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक दिलीपकुमार साहले बताउनु भएको छ। उहाँका अनुसार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ। राज्यमन्त्रीमा रुवी कर्णको नाम टुंगो लागेको उहाँले बताउनुभयो ।यद्यपी कुन मन्त्रालय लिएर सरकामा […]
‘सर्वसाधारणको जीउधनको सुरक्षा राज्यको पहिलो दायित्व’:गृहमन्त्री बालकृष्ण खाँण
काठमाडौं,साउन,१-गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिनुभएको छ । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण भ्रमण गर्दै मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री खाँणले विपद्मा काम गर्ने सरकारी […]
खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं,साउन,१-प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई बोलाएर प्रधानमन्त्री देउवाले खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप केन्द्रहरू बढाएर खोप लगाउने व्यवस्था गर्न पनि प्रधानमन्त्री देउवाले […]
चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने
काठमाडौँ,साउन,१-चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘उहाँले सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई जनगणतन्त्र चीनले नेपाललाई कोभिड १९को थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने बारेमा जानकारी गराउनुभएको छ,’मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। यसअघि चीनले […]
राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं,असार ३१-राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद […]






