एजेन्सी,साउन,१२-लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २ बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । लिबियाको पश्चिम तटीय क्षेत्र खुम्सबाट ती यात्रु बोकेर हिडेको डुंगा क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । […]
Author: bihani
उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं,साउन,११-निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । सोमबार केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए । अर्का एक सदस्य रेशम चौधरी भने तटस्थ रहे । उपेन्द्रले […]
गठबन्धनको सरकारमा मन्त्रीमण्डल विस्तार गर्नै सकस
काठमाडौं,साउन,१०-गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हप्तासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचित बन्नु परेको छ।आजै स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर प्रधानमन्त्रीसहित छ सदस्यीय मन्त्रिपरिषद् बने पनि सिंहदरबारमा रहेका अधिकांश मन्त्रालयहरु नेतृत्वविहीन छन् । तर, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने अत्तोपत्तो छैन । करिब डेढ वर्ष चल्ने वर्तमान गठबन्धनको सरकारमा मन्त्री बन्न चाहानेहरुको लस्कर छ । पाँच […]
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले लिए शपथ
काठमाडौं,साउन,१०-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो । यसैबिच […]
एकैदिन २२ सय ३७ संक्रमित थपिए,१८ जनाको मृत्यु
काठमाडौं,साउन,१०-पछिल्लो २४ घण्टामा देशभर २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म […]
टोकियो ओलम्पिकको सुटिङको पहिलो स्वर्ण चीनकी याङले जितिन्
काठमाडौं,साउन,९-जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ […]
टोकियो ओलम्पिक:सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टकको पहिलो चुनौती समाप्त
काठमाडौं,साउन,९-टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् ।राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । सोनियाले महिला ४८ […]
भीम रावलले आज राजीनामा फिर्ता लिने
काठमाडौँ,साउन,८-संघीय सांसदबाट राजीनामा घोषणा गर्नु भएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने हुनु भएको छ। उहाँले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने हुनु भएको हो। उहाँले आज शुक्रबार नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ। पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उहाँले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको […]
एमाले विवाद : नेपाल पक्षले बुझायो स्पष्टिकरण
काठमाडौं,साउन,७-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाइएको जवाफमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिएर फेरि आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ । पहिलो पटकको विघनमै प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीले संसदीय दलको […]
आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ,साउन,६-मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन्।बकर इदलाई मुस्लिम समुदायले दोस्रो ठूलो पर्वको रुपमा मनाउने गरेका छन्। बकर इदमा मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने प्रचलन छ। आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्। नमाज […]








