कर्णाली प्रदेशले बढायो बजेट खर्च

सुर्खेत,साउन,४-कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७० दशमलव ६३ र चालूतर्फ ५७ दशमलव ८७ प्रतिशत खर्च गरेको हो ।  गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारमध्ये पूँजीगततर्फ १९ अर्ब […]

विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री देउवालाई मोदीको बधाई

काठमाडौँ,साउन,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त गर्ने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ। आइतबार साँझ संसदबाट विश्वासको मत प्राप्त गरेपछि ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको बताउनुभयो।  ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि […]

प्रेम आलेसहित ओली पक्षका ८ सांसदद्वारा फ्लोर क्रस

काठमाण्डौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षका ८ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका फ्लोर क्रस गरि देउवालाई विश्वासको मत दिने ओली पक्षका ८ सांसदरूमा प्रेम आले, हिराचन्द्र केसी,कृष्णकुमार श्रेष्ठ किसान,पावर्ती विसङखे,कलिला खातुन,विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका छन्। यस्तै, देउवाको पक्षमा मतदान गर्ने नेपाल पक्षका सांसदहरूमा माधवकुमार […]

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ।प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले […]

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं,साउन,३-माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ।आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो।  संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्। 

जसपा नाम र चुनाव चिह्न कसले पाउला आज बस्दै निर्वाचन आयोगको इजलास

काठमाडौँ,साउन,३-जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता कुन पक्षले पाउने भन्ने विषयमा निर्क्योल गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ।    अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभामिजत जसपाको  आधिकारिता कसले पाउने भन्ने विवाद छ। यसको निरुपणका लागि यही असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित ५ जना आयुक्त राखेर […]

विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । बिश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुख अग्नि प्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता भएको हो । बिश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुख मार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोश्रो बैठकमा […]

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने

काठमाडौं,साउन,३-प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ।आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको दोस्रो पटकपछि पहिलो बैठक अपरान्ह ४ बजे बस्दैछ ।सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । दुई चरणमा बस्ने […]

टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला

काठमाडौँ,साउन,३-टोक्यो ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ ।जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ। यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ। ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको हो। शनिबार टोक्यो ओलम्पिक आयोजकले […]

कांग्रेसको संसदीय दलको वैठक आज आइतबार बस्ने

काठमाडौं,साउन,३-नेपाली कांग्रेस संसदीय दलको बैठक आज “आइतबार” बस्ने भएको छ।प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो। सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ।यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस […]