कठमाडौं,साउन,२०-सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवार (साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रवारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका […]
Author: bihani
एकैदिन थपिए ४ हजार १०७ संक्रमित, ३५ जनाको मृत्यु
काठमाडौं,साउन,२०-पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ । कुल १६ हजार २९८ जनाको परीक्षण […]
विद्युत प्राधिकरणको निर्देशकमा कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाको ठाडो निर्देशन
काठमाडौं,साउन,१९-प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न ठाडो निर्देशन दिनु भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै […]
भारतीय सुरक्षा बलले तुइनको डोरी निकालिदिँदा जयसिंह धामी वेपत्ता
काठमाडौं,साउन,१६-भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइनको डोरी निकालिदिँदा दार्चुलाका स्थानीय जयसिंह धामी वेपत्ता भएको घटनाका बारेमा अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्री खाँणको सचिवालयका अनुसार समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र […]
गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी
जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ। आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।
आज साउन १५,आजको दिनलाई राष्ट्रिय खिर दिवसको रुपमा मनाइदै
काठमाडौं,साउन,१५-आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले त्यसलाई मान्यता दिँदै राष्ट्रिय रूपमा खीर दिवसकै रूपमा मनाउने निर्णय बोर्डले गरेको हो । […]
गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड, बाबुराम र चित्रबहादुर बालुवाटार पुगे
काठमाडौं साउन,१३-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् । एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो । मन्त्रिपरिषद […]
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्ने
काठमाडौं,साउन,१३-जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ।पार्टी कार्यालयमा मंगलबारदेखि जारी बैठक आज पुन १ बजे बस्ने भएको छ । बैठकमा यादव पक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन् । आज बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बुझिएको छ । यसअघि हिजोको बैठकले संसदीय […]
महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं,साउन,१३-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो । बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो।बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका […]







