स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठले लिए शपथ

काठमाडौं,साउन,१०-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन दिनुभएको हो । यसैबिच […]

एकैदिन २२ सय ३७ संक्रमित थपिए,१८ जनाको मृत्यु

काठमाडौं,साउन,१०-पछिल्लो २४ घण्टामा देशभर २२ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म […]

टोकियो ओलम्पिकको सुटिङको पहिलो स्वर्ण चीनकी याङले जितिन्

काठमाडौं,साउन,९-जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ […]

टोकियो ओलम्पिक:सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टकको पहिलो चुनौती समाप्त

काठमाडौं,साउन,९-टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पराजित भएकी छन् ।राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । सोनियाले महिला ४८ […]

भीम रावलले आज राजीनामा फिर्ता लिने

काठमाडौँ,साउन,८-संघीय सांसदबाट राजीनामा घोषणा गर्नु भएका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने हुनु भएको छ। उहाँले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने हुनु भएको हो। उहाँले आज शुक्रबार नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ। पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उहाँले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको […]

एमाले विवाद : नेपाल पक्षले बुझायो स्पष्टिकरण

काठमाडौं,साउन,७-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरुले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाइएको जवाफमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिएर फेरि आफैं प्रधानमन्त्री बन्न खोजेकाले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ । पहिलो पटकको विघनमै प्रतिनिधिसभा पुनःस्थापना भएपछि ओलीले संसदीय दलको […]

आज बकर इद पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौँ,साउन,६-मुस्लिम धर्मावलम्बीहरु आज बकर इद पर्व मनाउँदैछन्।बकर इदलाई मुस्लिम समुदायले दोस्रो ठूलो पर्वको रुपमा मनाउने गरेका छन्। बकर इदमा मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने प्रचलन छ। आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन्। नमाज […]

एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने

काठमाडौं,साउन,६-एमाले केन्द्रीय कमिटीको बैठक आज बुधबार फेरि बस्ने भएको छ।केन्द्रीय कमिटी बैठक भोली दिउँसो ३ बजे बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो। मंगलबार सकिएको नेकपा एमालेका प्रदेश अध्यक्षहरुले पार्टी भित्र देखिएको अन्योलतालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताएका छन् ।केन्द्रीय कमिटीको बैठकमा आ-आफ्नो प्रदेशको अवस्थाको बारेमा रिर्पोटिङ गर्दै प्रदेश अध्यक्षहरुले एमालेभित्र देखिएको अन्यौलताले पार्टीलाई अगाडी बढाउन समस्या […]

१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला

सुर्खेत,साउन,५-कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लालाई अबको १० दिनभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाईनसँग जोड्ने तयारी भएको जानकारी दिनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीसँगको छलफलका क्रममा जुम्लामा […]

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाण्डौं,साउन,३-केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने […]