काठमाडौं,साउन,२७-नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी कुल ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा देशभर […]
Author: bihani
मेस्सी पीएसजीमा अनुबन्धित
काठमाडौं,साउन,२७-अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर […]
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
काठमाण्डौं,साउन,२७-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने हुनुभएको छ । प्रदेशसभामा अल्पमतमा पर्ने देखिएपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले बताएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लाग्नुभएको छ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल […]
सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा
काठमाडौं,साउन,२६-अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा श्वेतपत्र जारी गर्दै २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा एक खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/०७७ मा २ खर्ब १६ अर्ब पुगेको बताउनुभएको हो।उहाँले स्रोतसँग मेल नखाने […]
१३औं साफ असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुने
काठमाडौं,साउन,२५-१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो। १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र […]
थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु
काठमाडौं,साउन,२५-नेपालमा विगत २४ घण्टाको अवधिमा थप ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]
सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउदै
काठमाडौं,साउन,२२-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइदैछ । सत्ता गठबन्धनको कार्यदलले लामो समय लगाएर तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री देउवालाई बुझाउन लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी प्रतिवेदन तयार पारेको दावी गरेको छ । गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायत संग परामर्श […]
विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ? अर्थमन्त्री शर्मा
काठमाडौं,साउन,२२-अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता नेपालको लागि परिणामुखी भए नभएका सम्बन्धमा अध्ययन जरुरी भएको र तिनको अध्ययन समीक्षा गरेर आवश्यक […]
देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै
काठमाडौं,साउन,२२-आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य […]
१८ वर्षपछि मेस्सीले छाडे बार्सिलोना
काठमाण्डौं,साउन,२२-अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता […]






