दाङ,माघ,३-नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ । शनिबार दाङको तुलसीपुरमा जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई कसैको सुझाव र आलोचनभन्दा प्रसंसा […]
Author: bihani
कांग्रेसले गर्यो ७५३ पालिकामा विरोध प्रदर्शन,संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान
काठमाडौ,माघ,३-प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको कांग्रेस दोस्रो चरणको सडक आन्दोलनको उत्तरार्धमा पुगेको छ । संसद पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा कांग्रेसभित्र अझै दुईथरी मत भए पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्नेमा एकमत छन् […]
“बैगुनी”केटाकेटीलाई मन्त्री बनाएको पुक्क लात्ताले हानेर भाग्यो-ओली
काठमाडौं,माघ,३-प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केटाकेटीलाई मन्त्री बनाउँदा लात्ताले हानेर भागेको आरोप लगाउनुभएको छ । पूर्व पर्यटनमन्त्री योगेश भट्टराईप्रति लक्षित गर्दै उहाँले मन्त्री बनाएपछि लात्ताले हानेर भागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहान्न । हाम्रै प्रदेशमा पनि त्यस्तो देखिएको छ । दौडी दौडी गएर भोट मागियो, यो केटालाई […]
मोदीले समय नदिएपछि नभेटी फर्के परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं,माघ,३-नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुग्नु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कनुभएको छ । मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत हुनुहुन्थ्यो । तर, मोदीले समय नदिएपछि भेट सम्भव नभएको हो […]
भारतमा आजदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
काठमाडौं,माघ,३-भारतले शनिबार (आज)देखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा रहेका ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।खोपका लागि […]
चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं,माघ,१-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको बुझिएको छ । छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको हो । बैठकमा […]
डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउन संसदमा प्रस्ताव पेश
एजेन्सी,पुस,२८-राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक […]
म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ-ओली
काठमाडौं,पुष,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो । ‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ । पाल्की शर्माले चाहिँ आफूले पहिले […]
भारतमा शनिवारदेखि कोरोनाको खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने
नयाँदिल्ली,पुस,२७-भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिवारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने बताएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करीब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ ।भारत […]
पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडी प्रहरी धरपकड
काठमाडौं,पुस,२७-पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो । प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् । दिवस मनाउन पुगेकाहरुले निकालेको र्यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि […]




