काठमाडौं,पुस,१६-राष्ट्रिय सभाको अधिवेशन भोली पुस १९ गतेदेखि बस्ने भएको छ ।उक्त बैठकमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ। जसअनुसार अधिवेशन बैठक सुरु हुनासाथ अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सभामा पढेर सुनाउनु हुने छ । त्यसैगरी सरकारले यसबीचमा जारी गरका अध्यादेशहरु बैठकमा गरिने संसद सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ती […]
Author: bihani
ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटमा छ : देउवा
काठमाडौं,पुस,१६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलिएको बताउनु भएको छ। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान आयोजना गरेको भर्चुअल संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउनुभयो । उहाले संविधानविपरीत प्रधानमन्त्रीले […]
सुनचाँदीको मूल्य घट्यो,किन्ने भए तोलाको ९४ हजार १००
काठमाडौं,पुस,१६-नेपाली बजारमा सुनको मूल्यमा सामान्य बिहिबार गिरावट आएको छ । गत कारोबार दिन अर्थात् बुधवार रू. १०० ले उकालो लागेको सुनको मूल्य बिहीवार रू. १०० ले नै ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू […]
आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै
काठमाडौं,पुस,१६-नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा […]
थपिए ५११ जना संक्रमित, ६०० संक्रमणमुक्त, ७ जनाको मृत्यु
काठमाडौं,पुस,१५-नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख […]
वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
काठमाडौं,पुस,१५-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका प्रदेश सांसदहरुको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चुनेको हो । सोही समूहले यसअघि वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई […]
प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भए : प्रधानमन्त्री ओली
काठमाडौं,पुस,१५-प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताउनु भएको छ । ‘कति सम्झौता गर्ने? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो ! ओलीले २०७४ को चुनावको नतिजा आएसंगै प्रचण्डले अस्थिरता निम्त्याउन र आफूलाई निरन्तर असहयोग गरेको आरोप लगाउनुभयो […]
ओली निरङ्कुश,तानाशाहा हुन,सुध्रेनन् : प्रचण्ड,माधव, झलनाथको टिप्पणी
काठमाडौँ,पुष,१४-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताउनु भएको छ। ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाउनुभयो । ओलीले प्रतिनिधि सभालाई भंग […]
मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट
काठमाडौं,पुस,१३-काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट निवेदन दर्ता गरेका हुन । प्रतिनिधिसभा नभएको अवस्थामा संविधान भन्दा बाहिर गरिएको मन्त्रिपरिषद् निर्णय तत्काल बदर गर्न माग गरिएको छ । संसद विघटन गरेपछि केही मन्त्रीहरुले राजीनामा दिएकोमा प्रधानमन्त्रीले पुस […]
संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
काठमाडौं,पुस,१२-संखुवासभामा नेकपा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। आइतबार दिउँसो चैनपुर–४, मैदानेस्थित जंगलमा प्रहरीले सर्च अप्रेसन सुरु गरेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी इश्वरबाबु कार्कीले जानकारी दिनुभयो। मोरङको मिक्लाजुङमा विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले पूर्वमा विप्लव समूहको खोजी […]







