म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ-ओली

काठमाडौं,पुष,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो ।

‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ ।

पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।