काठमाडौं,पुस,४-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताउनुभयो। पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको […]
Author: bihani
देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल
काठमाडौं,पुस,४-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो। स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम […]
पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्दो, एकैदिन भए आठ ओटा उडान
काठमाण्डौं,पुष,४-सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० गतेदेखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जानकारी दिएका छन् । बन्दाबन्दीको झण्डै नौ महीनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय […]
टेस्ट क्रिकेटमा भारतको इतिहासमै कमजोर प्रदर्शन, ३६ रनमै अलआउट
काठमाडौं,पुस,४-टेस्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ।अस्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारत इतिहासमै कमजोर देखिएको हो। भारतीय क्रिकेट टोली शनिबार २१ ओभर २ बल खेल्दा अलआउट हुन पुग्यो। ३६ रनमै अलआउट भएको भारतको यो अहिलेसम्मकै कम रन हो। अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ […]
थप ७१० जना कोरोना पुष्टि, मृतकको संख्या १७ सय ७७ पुग्यो
काठमाडौं,पुष,४-देशभर २४ घण्टामा थप ७१० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट […]
प्रधानमन्त्रीले गरे पाँच मन्त्रीहरु संग ‘आकस्मिक भेट’
काठमाडौं,पुष,४-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गर्नुभएको छ । बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुग्नुभएका ओली त्यसपछि पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापाको सरकारी निवासमा पुग्नुभएको थियो । गृहमन्त्रीसँगको छलफलकै क्रममा त्यहाँ पाँचजना मन्त्रीहरू पनि जम्मा हुनुभएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]
टीकापुर घटनाका दोषी रेशम चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
डोटी,पुस,३-उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले […]
नेपाल-बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता
काठमाडौं,पुस,२-नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद […]
प्रधानमन्त्री ओली र दाहाल बिच भेटवार्ताःसंवैधानिक परिषद बैठक स्थगित
काठमाडौं,पुष,२-प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि परिषद बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले अघिल्लो दिनको सहमति विपरित साँझ बैठक राखेपछि उहाँलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । दुई नेताबीचको छलफलपछि बैठक […]
नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता
काठमाडौं,पुस,२-अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो। नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए। एमसीसीले […]







