काठमाडौं,मंसिर,२६-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोपसँग सम्बन्धित मन्त्रालय र सचिवहरूसँग छलफल गरेका छन्। कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने […]
Author: bihani
थप ७ हजार ४१४ परिक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि
काठमाडौं,मंसिर,२६-पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जना पिसिआर परीक्षण गर्दा मुलुकभर १ हजार ४४ जनामा कोरोना पुष्टि भएको छ। १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित १२ हजार १ सय ४८ छन्। १२ सय ७१ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ […]
जोरायल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिदै
डोटी,मंसिर,२६-जोरायल गाउँपालिका-५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ । सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ । जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त […]
कांग्रेसले सरकारविरूद्ध २९ गते देशैभर सडक प्रदर्शन गर्ने
काठमाडौं,मंसिर,२६-सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता […]
थप १ हजार ५६ जनामा कोरोना पुष्टि,१४ सय ८३ निको भए
काठमाडौं,मंसिर,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २८६ पीसीआर परीक्षण गर्दा जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ […]
कोरोना संक्रमित १३८२ थपिए,१६२१ संक्रमणमुक्त, २३ जनाको मृत्यु
काठमाडौं,मंसिर,२३-नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँग नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।पछिलो २४ घण्टामा १६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म […]
सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम
काठमाडौं,मंसिर,२३-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि […]
सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाही गरिनु पर्छ : विश्व हिन्दू परिषद नेपाल
काठमाण्डौं,मंसिर,२३-पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय हो।हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ । हिन्दू […]
पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत
काठमाडौं,मंसिर,२३-नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि […]
सर्वदलीय बैठक दिउँसो बस्दै:राजावादीहरुको आन्दोलन प्रति दलहरुको चासो
काठमाडौं,मंसिर,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको पधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । थापाले सामाजिक सञ्जालमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको उल्लेख गर्नुभएको छ । […]





