शव पहिचानका लागि तस्वीर सार्वजनिक

काठमाडौँ,साउन,२६-काठमाडौँको  गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो।तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् । गोंगबु चोक […]

लगातारको बर्षाले धनगढी जलमग्न (फोटो फिचर)

कैलाली,साउन,२६-सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी लगातार परेको बर्षाका कारण जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । त्यस्तै कैलालीको पुर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदिहरु कर्णाली, कान्द्रा, पथरैया, मोहनालगायतका नदीहरुमा जलस्तर निरन्तर बढीरहेको कारण नदी छेउछाउँका […]

असन्तुष्ट पक्षको विरोधकै बीच देउवाले गरे कांग्रेसको विभागहरुमा मनोनयन

काठमाडौं,साउन २६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा आफूसँग असन्तुष्ट रहेका पक्षको विरोधलाई बेवास्ता गर्दै विभागहरुमा मनोनयन गर्नुभएको छ । देउवाले पार्टीका थप १० विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको हो । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रामचन्द्र पौडेल […]

रामपुर विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन

बुडर,डोटी,साउन,२५-डोटी जिल्लाको जोरायल गाॅंउपालीका २ छतिवनमा रहेको श्री रामपुर नमुना माध्यामिक विद्यालयको समन्वय समिती संयोजकमा भरत कुॅंवर चयन हुनु भएको छ ।  गएको मंगलबार विद्यालयको व्यवस्थापन समितीको बैठकले शिक्षा बिटमा काम गर्न इच्छुक युवा एवं उर्जावान व्यक्ती कुॅंवरलाई निर्बिरोध चयन गरेको हो । समितीले कुॅंवरको संयोजकमा ७ जना पदाधिकारी चयन गरेको छ ।समितीले चयन गरेको पदाधिकारीहरुमा समन्वय समितीको संयोजकमा भरत कुंवर यस्तै सदस्यहरुमा […]

यस वर्ष श्री गणेश खुकुरी एफसीको “समर कम २०२०” कोरोनाका कारण स्थगित

फुकुओका,जापान,साउन,२५-जापानको फुकुओकामा विगत ५ वर्ष देखि निरन्तर रुपमा सन्चालन  हुॅंदै आईरहेको फुटसल प्रतियोगिता “समर कप २०२०” यस पटक भने स्थगित भएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण यो वर्ष फुटसल प्रतियोगिता स्थिगित गरिएको हो ।  श्री गणेश खुकुरी एफसीले पहिलो पटक प्रवासी भुमिमा नेपाली दाजुभाई विच मनोरन्जनका साथै भाईचाराको सम्बन्धलाई खेलको माध्यमबाट प्रगाढ […]

चौथो पटक श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपक्षले लिए शपथ

एजेन्सी,साउन,२५-श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको छ । श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा ७४ वर्षीय नेता राजपक्षले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । उहाँलाई आफ्ना भाई एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजपक्षले पद तथा […]

बुद्ध नेपालमा जन्मेको प्रमाण विश्व सम्पदा सूचीमा पनि छ: परराष्ट्र

काठमाडौं,साउन,२५-परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो बहसको विषय हुन नसक्ने स्पष्ट पारेको छ।भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबार प्रतिक्रिया जनाएको हो। ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिन युनेस्कोको विश्व सम्पदा सूचीमा पनि […]

नयाॅं ३८० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २२,९७२ पुग्यो

काठमाडौं, साउन,२५-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ६२ वर्षीय एक पुरूष र पर्सा वीरगञ्जकी २० वर्षीया महिला हुन् ।यसैगरी नेपालमा कोरोना […]

युभेन्टसको प्रशिक्षकमा आन्द्रे पिर्लो नियुक्त

काठमाडौं,साउन,२५-इटालियन फुटबल क्लब युभेन्टसले पूर्व खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । च्याम्पियन्स लिगबाट युभेन्टस बाहिरिएलगत्तै मौरिजियो सारीलाई प्रशिक्षकबाट हटाएको युभेन्टसले पिर्लोमाथि विश्वास देखाएको हो । क्लबले पूर्व मिडफिल्डर पिर्लोलाई २३ वर्षमुनिको टिमको प्रशिक्षकमा नियुक्त गरेको एक सातामै सिनियर टिमको पनि जिम्मावारी सुम्पिएको हो । कुनै समयको लोभलाग्दो इटालीयन फुटबलका प्रभावशाली खेलाडी पिर्लोले […]

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश

काठमाडौं,साउन,२५-स्पेनिस क्लब बार्सिलोना र जर्मनीको बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा इटालीको नापोलीलाई ३-१ ले हराउँदै बार्सिलोना समग्रमा ४-१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी […]