सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं,असार,२६-बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजि तथा उद्धारका लागि शुक्रबार बिहान थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। प्रहरी प्रधान कार्यालयबाट खोजी तथा उद्धारका लागि २५ जनाको टोली सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा बुधबार राति गएको पहिरोमा बेपत्ता २० जना अझै भेटिएका छैनन् लगातारको वर्षाका […]

पोखरामा पहिरो जादाॅं ६ जनाको को मृत्यु, ८ जना घाइते

पोखरा,असार,२६-कास्की जिल्लाको पोखरा, सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।१० जना मध्ये ५ जनाको मृत्यु भएको छ।उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल […]

लमजुङमा पहिरोले घर पुरिदाँ एकै परिवारका तीनको मृत्यु

लमजुङ,असार,२६-लमजुङ जिल्लामा गएराती भारी वर्षासँगै आएको पहिरोमा पुरिदाँ  एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएका हो । गए राति ११ बजेको समयमा पहिरोले घर पुरिदाँ ३० बर्षका दिपक तामाङ, उनको श्रीमती २५ बर्षीया विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ […]

बाह्रबिसे पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ।बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताउनुभयो। कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० महिनाका बच्चालाई काठमाडौँ ल्याइएको उहाॅंले जानकारी दिनुभयो । अन्य तीनजना घाइतेको […]

चार दिनसम्म देशभर भारी बर्षा हुन सक्छ : मौसमविद्

काठमाडौं,असार,२५-आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ । भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ । यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी […]

सिन्धुपाल्चोक पहिरोमा परी २ को मृत्यु, १८ जना अझै बेपत्ता

काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ […]

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं,असार,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना […]

नेकपा स्थायी समिति बैठक पुनः स्थगित, अब असार २६ गते बस्ने

काठमाडौं,असार,२४-नेकपा स्थायी समिति बैठक पुनः स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्नेछ ।सोमबार बस्ने भनिएको बैठक विवादित विषयमा सहमति जुट्न नसकेपछि आज(बुधबार) बस्न लागेको बैठक स्थगित भएको हो । वैठक २६ गते शुक्रवारका लागि सरेको छ । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालन पनि परेको छ ।विवाद […]

समाजवादी पार्टीद्वारा नेत्री सरिता गिरी निष्काशित, सांसद पद गयो

काठमाडौं,असार,२३-समाजवादी पार्टीले पार्टीको नीतिविपरीत काम गरेको भन्दै नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिनुभयो ।  गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन […]

ओली-दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति

काठमाडौं,असार,२३-चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको करिब तीन घण्टा लामो वार्तामा स्थायी कमिटी बैठक निरन्तर गर्न सहमति जुटेको हो । आफ्नै आँगनमा […]