विश्वव्यापी कोरोना महामारी छ : कसलाई सुनाउ गुनासो-भुवन भट्टराई

काठमाण्डौं,असार,३०- विश्वव्यापी रुपमा फैलिररेको कोरोना भाईरसका कारण पाॅंच लाख भन्दा बढी व्यक्तीले ज्यान गुमाईसकेका छन्,भने एक करोड भन्दा बढी व्यक्तीमा कोरना भाईरसको संक्रमण देखा परि सकेको छ । कोरोना भाईरसले विश्वभरीका मानीसलाई समस्यामा त पारिनै रहेको छ । यो भाईरसले गर्दा धेरै देशका ठुला ठुला कम्पनीहरु बन्द भएका छन् । धेरै मानीसहरु बेरोजगारी हुन पुगेका […]

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं,असार,३०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० […]

तनहुँ पहिराे अपडेटः मृत्यु हुने संख्या ६ पुग्याे, पाँच बेपत्ता

काठमाडौं,असार,२९-अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी […]

ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु

काठमाडौं,असार,२९-ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । […]

गाउँमा पहिरो जाँदा संखुवासभामा ११ जना बेपत्ता, सात घर बग्यो

काठमाडौं,असार,२८-संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा पहिरोले सात घर बगाएको छ।सिलिचोङ १ सिसुवाखोलामा गए राति पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोले सात घर बगाएको छ। सिसुवाखोलास्थित बेसिन्दा गाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । घटनास्थलमा अझै प्रहरी पुगेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। […]

उदयपुरमा बाढीले बगाउँदा दुईको मृत्यु, एक बेपत्ता

उदयपुर,झापा,असार,२८-निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ । यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा […]

विश्व जनसंख्या दिवस आज, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो

काठमाडौं,असार,२७-आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ । वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ […]

नेपालमा बाढी पहिरोमा परी ३५ जनाको मृत्यु, ३२ घाइते, ३४ जना बेपत्ता

काठमाडौं,असार,२६-नेपालमा गत जेठ ३१ देखि असार २६ गतेसम्म गएको बाढी पहिरोमा परि ३५ जनाले ज्यान गुमाउनुका साथै ३२ जना घाइते तथा ३४ जना अझै बेपत्ता रहेका छन।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो। ओलीले हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले […]

नेपालका बारेमा कुप्रचार गर्ने जी न्यूजले माफी माग्यो

काठमाडौं,असार,२६-प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको छ।  सर्वत्र विरोधपछि च्यानलले शुक्रबार माफी मागेको हो। घृणा फैलाउने कार्यक्रम सञ्चालन गरेको भन्दै बिहीबार नेपाली केबल अपरेटरहरुले केही भारतीय च्यानलहरु प्रशारणमा रोक लगाएका थिए।  शुक्रबार नै नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण […]

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला

जाजरकोट,असार,२६-जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन । पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु […]