नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज

काठमाडौं,साउन,८-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ संक्रमित […]

भीमोदय मावि चितवनका प्रअ डा.कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड

काठमाडौं,साउन,८-भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै अवार्डका लागि छनोट गरिएको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको […]

थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो

काठमाडौं,साउन,७-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो । त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।कोरोना संक्रमितको संख्या १८ हजार ९४ […]

मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

काठमाण्डौं,साउन,६-सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिनुभयो ।  ‘आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भन्नुभयो, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। […]

होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट

काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ ।  यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म […]

नेपालमा थप १५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज

काठमाडौं,साउन,६-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका छन् […]

नेकपाभित्रको विवादमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुःखद् : डा. कोइराला

काठमाडौं,साउन,२५-नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्टपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि दुखद भएको बताउनुभएको छ । नेकपाभित्र बढेको अन्तरकलह र विवाद मिलाउन भन्दै शीतलनिवासमा नेताहरुको दौडधुप बाक्लिएपछि डा. कोइरालाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।डा. कोइरालले टीवटमार्फत राष्ट्रपतिले आफ्नो मर्यादा र जिम्मेवारीको ख्याल गर्न पनि सुझाव दिनुभएको […]

ला लिगाको अन्तिम खेलमा मेस्सीको दुईवटा नयाँ कीर्तिमान

काठमाण्डौं,साउन,५-स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले डिर्पोटिभो आलाभेसविरुद्ध दुईवटा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । आलाभेसलाई ५-० गोलअन्तरले हराउने क्रममा मेस्सीले दुई गोल गरे । योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक लिगमा सर्वाधिक गोलकर्तालाई दिइने पिचीची अवार्ड हात पार्न सफल भएका छन् । गत सिजन एथ्लेटिक बिल्बाओका टेल्मो जाराले बनाएको ६ वटा पिचीची […]

धेरै नेपाली भएको देशमा उद्दार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय

काठमाडौं,साउन,४-कोभिड १९ (कोरोना) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका […]

थप ५७ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

काठमाडौं,साउन,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना कोरोना निको भइ ‘डिस्चार्ज’ भएका छन् ।अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६३७ […]