काठमाडौं,असार,१०-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाउनु भएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाउनु भएको हो। ‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको […]
Author: bihani
नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं,असार १०-नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, […]
अस्ट्रेलियामा अलपत्र परेका २५९ जना नेपालीलाई ल्याईदै
काठमाडौं,असार,९-अस्ट्रेलियामा अलपत्र २ सय ५९ नेपाली नेपाल फर्कदै छन् । कोरोना भाइरस महामारीका कारण अलपत्रमा परेका नेपालीलाई आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत ल्याउन लागिएको हो । जहाज सिड्नीबाट स्थानीय समय अनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा […]
इटालियन सिरी ए: युभेन्टसद्वारा बोलोग्ना पराजित
काठमाडौं,असार,९-क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा युभेन्टसले इटालियन सिरी एमा बोलोग्नालाई २–० ले पराजित गरेको छ। बोलोग्नाको घरेलु मैदानमा सोमबार राति भएको खेलमा युभेन्टसले पहिलो हाफको २२औं मिनेटमा अग्रता लिएको थियो। स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्टस्लाइ अग्रता दिलाएका थिए। खेलको ३६औं मिनेटमा पाउलो डिबालाले अर्को […]
पाल्पामा पहिरोमा परी तीनजनाको मृत्यु, गुडिरहेका चारवटा गाडी पुरिए
पाल्पा,असार,९-पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा सोमबार साँझ गएको पहिरोले ३ जनाको मृत्यु भएको छ । पहिरोले ४ वटा सवारी साधन पुरेको छ । सवारी साधनमा रहेका २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार […]
स्पेनिस ला लिगा: बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड उक्लियो शीर्ष स्थानमा
काठमाडौं,असार,८-बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले समान ६५ अंक जोडे पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरी भएकोे […]
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, विश्वभर ९० लाख बढी संक्रमित
एजेन्सी,असार,८-दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने मुलुक हो । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ । विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ हजार नाघेको छ […]
वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमासहित संसदीय समितिबाट नागरिकता विधेयक पारित
काठमाण्डौं,असार,७-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक पारित गरेको छ । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले विधेयक परित गरेको हो । विधेयकका अधिकांश प्रावधानमा सर्वसम्मति भएपनि वैवाहिक अंगीकृत नागरिकताको विषय भने […]
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो
काठमाडौं,असार,७-नेपालमा आईतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिला सहित ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोरोना […]
आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]



