बाँके लगायत देशभर आज मोर्चाको बन्दको आह्वान

बाँके,फागुन २७- सप्तरीमा भएको घटनाको विरोधमा मधेशी मोर्चाले आज देशव्यापी बन्दको आह्वान गरेको छ । घटनाको विरोध स्वरुप बन्द आश्वान गरिएको मोर्चा बाँकेले जनाएको छ । मोर्चाले यसअघि फागुन २४ र २५ गते दुई दिन सम्म मधेश बन्द आह्वान गरेको थियो । संघिय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्धिन राईले केन्द्रिय कार्यक्रम अन्तर्गत आज बाँकेमा पनि […]

जाजरकोट बस दुर्घटना ज्यान गुमाउनेको संख्या २६ पुग्यो : ३५ जनाको उपचार हुँदै

जाजरकोट,फागुन २७- जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।  दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको […]

सूचनाको हक सम्वन्धी अनुशिक्षण, सूचना अधिकार समुह निर्माण

मधुपौडेल नेपालगन्ज , फागुन ,२६- सूचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २३ इन्द्रपुरमा आज सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको कार्यक्रममा वडास्तरीय वडा नागरिक मञ्चका सदस्य, वडा कार्यालयका कर्मचारी, युवा, बालबालिका, संघसंस्थाका प्रतिनिधी लगायत गरि ३० जनाको सहभागिता रहेको […]

मन्त्रिपरिषद विस्तार :राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्रीमा नियुक्त

काठमाण्डौ,फागुन २६- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारकाक्रममा थापालाई उपप्रधान तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गर्नु भएको हो । माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो । यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता […]

कञ्चनपुरमा भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु : गोली नहानेको भारतको दाबी

कन्चनपुर, फागुन २६ – कल्भर्ट निर्माणका विषययमा कन्चनपुरको नेपाल–भारत सीमा क्षेत्र पुनर्वासमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाउँदा विहीबार एकजनाको मृत्यु भएको छ ।गोली लागेर ज्यान गुमाउनेमा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतम रहेका छन् । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सीपी अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषणा […]

जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, ४१ जना घाईते

जाजरकोट,फागुन २६- जाजरकोटमा आज बस दुर्घटना हुँदा २०  जनाको मृत्यु भएको छ भने ४१ जना  घाइते भएका छन् ।बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित […]

दोस्रो गोल्ड कप फुटवलमा सुदुरपश्चिम ११ विजयी

बाँके,फागुन २६- नेपालगञ्जमा आजबाट शुरु भएको टुबोर्ग दोस्रो गोल्ड कप फुटवल प्रतियोगितामा सुदुरपश्चिम ११ विजयी भएको छ । उद्घाटन खेलमै सुदुरपश्चिमले दिल्ली युनाईटेड भारतलाई १ एक शुन्य गोलले पराजित गरेको हो । सुदुरपश्चिम ११का विदेशी खेलाडी एरोनले एक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको निर्धारित समयमा दिल्ली युनाईटेड भारतले गोल गर्न नसकेपछि सुदुरपश्चिम […]

लैङ्गिक हिंसा र मानव बेचविखनका सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण

मधुपौडेल बाँके,फागुन २६- विद्यार्थीले लैङ्गिक हिंसा र मानव बेचविखनका बारेमा थाहा पाउनु पर्ने भएको एक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले बताएका छन । माइती नेपाल नेपालगंजको आयोजनामा गरीएको उक्त कार्यक्रममा श्री आदर्श माध्यामिक विद्यालय डि गाउ खजुराका सहभागी विद्यार्थीहरुले सो कुरा बताएका हुन । करिव ६० जना विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई १०७ […]

एनसेल कर छलीमा सघाउ पुग्ने गरी मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं,फागुन २६ – सरकारले एनसेल बिक्रीमा पुँजीगत लाभकर छलीलाई सघाउ पुर्‍याउने प्रकृतिको निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राखेको मौखिक प्रस्तावमा केही मन्त्रीको विरोधका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहालले कर छलीलाई नै सघाउ पुर्‍याउने खालको निर्णय गरेका हुन्। मन्त्रिपरिषद्ले बिक्रेता कम्पनी टेलियासेनेराबाट लाभकर असुल गर्नुपर्ने निर्णय गरेकाले कर छलीमा सघाउ पुग्ने […]

भाइराजा क्रिकेटःरोयल स्पोर्टस् फाइनलमा :आज नेपाल टाइगर क्लब र युनाइटेड खेल्दै

बाँके,फागुन २६- रोयल स्पोर्टस् क्लब नेपालगन्जमा जारी स्व। रणेन्द्रबहादुर हमाल भाइराजा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जगुवार स्पोर्टस् क्लबलाई ४० रनले पराजित गर्दै रोयल स्पोर्टस् फाइनलमा पुगेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।जवाफमा १६२ […]