बाँके,फागुन २६- प्रावि तहमा शिक्षण सिकाई कमजोर भएपछि बाँकेमा संचालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई आज हुने भएको छ । बाँकेमा प्रावि तहमा शिक्षण सिकाई ६१ प्रतीशत रहेको जिल्ला शिक्षा अधिकारी भिम साँउदले जानकारी दिनुभएको छ । उहाँले प्रावि तहमा शिक्षण सिकाई कमजोर भएकोले निमावि र मावि तहमा सिकाई उपलब्धी झनै कमजोर भएको बताउनुभयो । […]
Author: bihani
सप्तरी घटनामा मृतकका परिवारलाई १०र१० लाख दिने सरकारको निर्णय
काठमाडौं, फागुन २५ – सरकारले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।समितिमा को–को रहने भन्ने चाहीँ खुलाइएको छैन । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश दिइएको छ । यस्तै सप्तरी घटनामा मृतकका परिवारलाई […]
स्प्रिरिङडेल एकेडमी स्कुलको अभिभावक भेला सम्पन्न
बाँके,फागुन २५ – स्प्रिरिङडेल एकेडमी स्कुल काँरकादोले आज अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कट्टेलको अध्यक्षतामा बसेको भेलामा विद्यालयको आगामी शैक्षीक कार्ययोजना तथा शुल्क निर्धारण विद्यालयका भावि कार्ययोजना लगायतका बारेमा छलफल भएको थियो । व्यवस्थापन समितीका संचालक सदस्य हिक्मत रावलले आगामी शैक्षक कार्ययोजना तथा शुल्क निर्धारणको प्रस्ट पार्नु भएको थियो […]
खजुरा नगर विकास समितिमा रेग्मी अध्यक्षमा मनोनयन
मधुपौडेल बाँके,फागुन २५- खजुरा नगर विकास समितिमा कमल राज रेग्मी अध्यक्षमा मनोनयन हुनु भएको छ ।नेपाल सरकार को यही चैत्र १७ गते को निर्णयानुसार रेग्मीको नेतृत्वमा नगर विकास समितिले पुर्णता पाएको हो । उक्त समितिको सदस्यमा कृष्णा बहादुर विक , इन्दिरा खड्का , युवराज पौडेल ,कृष्ण बहादुर गौतम , क्रृषि केश जिसी रहनु भएको छ […]
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुहोस: मन्त्री परिषद्का पूर्व अध्यक्ष रेग्मी
बाँके,फागुन २५- मन्त्री परिषद्का पूर्व अध्यक्ष खिल राज रेग्मीले संविधान कार्यान्वयन जटिल बन्दै गएकोले सबै दलहरुलाई मिलेर जान आह्वान गर्नुभएको छ । आज नागरिक समुह बाँकेले आयोजना गरेको मैत्रीपुर्ण फुटबलको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन जटिल बन्दै गएकोले यसमा विशेष भुमिका सबै राजनीतीक दलहरुको रहेको बताउनुभयो । उहाँले जसरी खेलको नियम सबै खेलाडीले […]
नेपालगञ्ज गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा
मधुपौडेल बाँके,फागुन २५ – टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटवल प्रतियोगिता नेपालगंजमा भव्यका साथ सुरु हुदैछ । पहिलो गोल्ड कप फुटवल भन्दा फरक तथा ठुलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोतिगामा प्रथम हुने टिमलाई पाँच लाख र दोस्रो हुनेलाई २लाख ५१ हजार पुरुस्कार राशी राखिदा पनि टुर्वाग दोस्रो नेपालगंज गोल्ड कप फुटवल प्रतियोगिताको रौनौक नै फरक […]
होलील्याण्डमा साँस्कृतिक एवं शुभकामना कार्याक्रम सम्पन्न
डम्मर थापा बाँके,फागुन २५- होलील्याण्ड उ.मा.वि नेपालगंजमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक साँस्कृतीक कार्यक्रमको आयोजना गरी शुभकामना दिएका छन् । चैत्र ३ गते देखि ११ गते सम्म सञ्चालन हुन गईरहेको SEE परिक्षमा समावेश हने कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले शुभकामना व्यक्त […]
उम्मेदवार छान्न माओवादीले बनायो कार्यविधि : के छ प्रचण्डको प्रस्तावमा
काठमाडौं,फागुन २५- माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले […]
प्रधानमन्त्री र म दुवैले गोली नचलोस् भन्ने चाहेका हौं : गृहमन्त्री निधि
काठमाडौं, फागुन २५- प्रधानमन्त्रीले कुनै हालतमा गोली नचलाउनू भनेर निर्देशन दिए पनि गोली चलेको कुरा आएको छ। वास्तविकता के हो । प्रधानमन्त्रीले मात्रै होइन, मैले पनि कुनै हालतमा गोली नचलोस् भन्ने नै चाहेको हुँ। मधेसी मोर्चा र एमाले नेताहरूसँग प्रधानमन्त्री र मैले पटकपटक कुराकानी गर्दै आएको थिएँ। त्यहीबीच एमालेको कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकाय प्रमुखहरूसँग […]
एमालेलाई मधेसी मोर्चाको प्रश्न: निर्दोष मधेसी मारेकामा तिमीलाई अझै अपराध बोध भएको छैन
काठमाण्डु,फागुन २५- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेलाई सप्तरी नरसंहारको नाइकेको आरोप लगाउँदै आफ्नै कारणले निहत्था जनता मारिँदासमेत एमाले नेतृत्वको चेत नफिरहेको टिप्पणी गरेको छ ।संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा बसेको मोर्चा बैठकमा मोर्चा नेताहरु एमालेविरुद्ध मजैले खनिए । बैठकले सप्तरी घटनापछि पनि एमालेले अपराध बोध नगरेको निस्कर्ष निकालेको छ । एमालेले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार […]










