सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादकः संयोजक यादव

काठमाडौं, चैत १२ –

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारले सेना परिचालन गरेर निर्वाचन गर्न खोजे मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिनुभएको छ ।

काठमाडौंमा आज गरिएको साक्षात्कारमा संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनु भएका यादवले सिमांकनलाई थाँती राखेर आफूहरु निर्वाचन जान नसक्ने बताउनुभयो ।

उनले वार्ता र सहमतिका लागि नेकपा एमाले बाधक भएको भन्दै एमालेकै कारण मुलुकका समस्या समाधान हुन नसकेको जिकीर गर्नुभयो ।पटक(पटकका वार्ता निष्कर्षविहीन हुँदै गएकाले अब आफूहरु सशक्त आन्दोलनमा जाने तयारीमा रहेको बताउनुभयो ।

अध्यक्ष यादवले संविधान संशोधनपछि मात्र निर्वाचन गर्न सकिने बताउनुभयो ।केन्द्रीय सरकारलाई स्थानीय निर्वाचन गर्ने अधिकार नभएको भन्दै उनले नभएको अधिकार प्रयोग गरेर गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भईरहेको आरोप लगाउनुभयो । साभार ईमेजखबरबाट