चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा भिडियोमा छलफल गर्दै नेपाल र चीनका सय बढी नेता

काठमाण्डौं,असार,५-चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज भिडियो छलफलमा जुट्दै छन्।नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताउनुभयो। ‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश […]

राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय […]

न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो

एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ । यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो । अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ । एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै […]

भारत शान्ति चाहन्छ तर कसैले उक्साए जवाफ दिन सक्षम छौँ: मोदी

काठमाडौं,असार,३-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा २० सैनिक मारिएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ । उहाॅंले सैनिकहरुको बलिदान खेर नजाने बताउनुभयो ।‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उहाॅंले भन्नुभयो ।  ‘भारत शान्ति चाहन्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौं, उहाॅंले भन्नुभयो । उहाॅंले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक […]

दार्चुलाको व्याँसमा नेपाली सेनाको व्यारेक राख्‍ने सरकारको तयारी

दार्चुला,असार,३-सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको व्यारेक राख्‍ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको व्यारेक राख्‍ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।  सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्याँस गाउँपालिकाभित्र नेपाली सेनाको व्यारेक राख्‍ने गरी प्रक्रिया अघि बढाएको हो। सेनाको व्यारेक राख्‍न सम्भावित […]

लद्दाखमा भारत र चीनको सेनाबीच भिडन्त हुँदा २० भारतीय सैनिक मारिए, चीनतर्फको क्षति खुलेन

एजेन्सी,असार,३- भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका छन् । पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी यस्तो भिडन्त भएको हो । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक कमाण्डरसहित २० जना मारिएको भारतीय सेनाले जानकारी दिएको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । लद्दाखको पूर्वी क्षेत्रमा […]

कालापानीमा सशस्त्रको नियमित गस्ती, पञ्‍चेश्वर र हिल्सामा बीओपी स्थापना हुँदै

काठमाण्डौं,असार,२-सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ। नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्त्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती हुन थालेको हो। दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छांगरू (गागा) सीमा निगरानी चौकी (बीओपी) सञ्चालनमा ल्याइएपछि त्यहाँबाट खटिएका सुरक्षाकर्मीले कालापानीको सेतो पुलसम्म पुगेर नियमित गस्ती […]

चिनियाँ सेनासँगको झडपछि ३४ भारतीय सैनिक बेपत्ता

काठमाडौं,असार,२-चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्।भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ। 🚨BREAKING: Three Indian soldiers 'killed' in clash on Chinese border https://t.co/8vqWtRVb8j — Telegraph Breaking News (@TelegraphNews) June 16, 2020 भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा […]

नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्दै

काठमाडौँ,असार,२-नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना सम्बन्धी तथ्यांक संगै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि नेपाली जनतामा खुशी छाएको छ। नेपाली जनता खुसी हॅंदै अमेरिकी राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् ।अमेरिकी दूतावासले नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो निकायको रुपमा देखापरेको छ ।  

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त

काठमाण्डौं,असार,२-उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ।   दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै […]