नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्दै

काठमाडौँ,असार,२-नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना सम्बन्धी तथ्यांक संगै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि नेपाली जनतामा खुशी छाएको छ। नेपाली जनता खुसी हॅंदै अमेरिकी राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् ।अमेरिकी दूतावासले नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो निकायको रुपमा देखापरेको छ ।  

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त

काठमाण्डौं,असार,२-उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ।   दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै […]

नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित

काठमाडौं,असार,२-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी […]

‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै ३ भारतीय शैनिकको मृत्यु’

काठमाण्डौं,असार,२-लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपका क्रममा गोली नचलेको भारतीय सेनाका एक अधिकारीले बताएका छन्। ‘गोली चलेको थिएन। हतियारको प्रयोग भएन। हातैले हानाहान भयो,’ समाचार एजेन्सी एएफपीले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ। यसअघि भारतीय सेनाले आफ्ना तीन सैनिक झडपमा मारिएको बताएको थियो। मारिनेमा एउटा बटालियनको नेतृत्व गरिरहेका कर्णेल समेत रहेको खुलेको छ। […]

माल्दिभ्स र श्रीलंकाबाट १५४ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, असार,२-हिमालय एयरलाइन्सले श्रीलंका र माल्दिभ्सबाट १ सय ५४ जना नेपालीलाई स्वदेश ल्याउँदै छ। हिमालयको जहाजले विदेशबाट उद्धारको पहिलो उडानमार्फत माल्दिभस्बाट १ सय ४९ र श्रीलंकाबाट ५ नेपाली ल्याउनलागेको हो। हिमालयको जहाज श्रीलङ्काको कोलम्बो उडान गरेको छ। कोलम्बो जाँदा उसले ४१ जना लिएर पनि गएको छ। उक्त जहाजमा ५ जना कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँबाट […]

भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप

काठमाडौं,असार,२-चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ। ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो।’भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु […]

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं,असार,२-भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। […]

युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ

काठमाडौं,आषाढ,२-संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।दूतावासले जारी […]

संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै

काठमाडौं,जेठ,३१-भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने […]

कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२९-विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा १ सय ६१ जना नेपाली महिला स्वदेश फर्किएको बताइएको छ। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ। अब उनीहरुलाई […]